कमिसन दिएर योजना ल्याउने परिपाटीको अन्त्य हुन्छ : मुख्यमन्त्री शाह

  कपिल रोकाया  377 पटक हेरिएको

बझाङ : सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहले बिगतमा कमिसन दिएर योजना ल्याएको भन्ने ब्यापक जनगुनासो आएकाले यस्तो परिपाटीको अन्त्य हुने बताउनुभएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणका क्रममा बझाङ आई पुगेका मुख्य मन्त्री शाहले पत्रकारहरु संगको भेटघाटको कार्यक्रममा सबै ठाउँबाट कमिसनमा योजना आउने गरेको जनस्तरबाट ब्यापक गुनासो आएको बताउँदै सुदूपश्चिम प्रदेश सरकारले बिधी र प्रकृया बसाल्नका लागी कामको समेत सुरुवात भएको बताउनुभयो ।

कमिसन दिएर योजना ल्याई दिन्छु भन्दै केही ठाउँबाट फेरि पनि बिचौलियाहरुले फेरि पनि पैसा असुल्दै गरेको सुचना समेत आफुले पाएकाले सबैलाई सचेत हुन समेत उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “ यस्तो सुचना कुनै पनि ठाउँबाट आएको खण्डमा तुरुन्तै सम्बन्धीत निकायमा खबर गर्नका र यस्तो कार्यमा संलग्न ब्यक्ति र कर्मचारीहरुलाई कानुनी कार्वाहीको प्रकृया अगाडी बढाउछौ । यस्तो नराम्रो हल्लाका पछाडी कोही पनि नलागौ ।” मुख्य मन्त्री शाहले प्रदेश सरकारले अहिले बिभिन्न चरणमा छलफल गरेर अहिले वडा स्तरबाट छनौट गरि गाउँपालिकामा र गाउँपालिकाबाट सम्बन्धीत निर्वाचन क्षेत्रको सांसदको संयोजकत्वमा योजना प्रथमिकरण गरि प्रदेश सरकारबाट बजेट बिनियोजन गर्ने समेत बताउनुभयो ।

उहाँले प्रमुख जिल्ला अधिकारीलाई ईंिगत गर्दै भन्नुभयो“ कमिसनमा योजना ल्याई दिन्छु भन्ने बिचौलियको बिगबिगी भएकाले यस्तो सुचना पाएको खण्डमा हामीलाई पनि जानकारी गरि कार्वाहीको प्रकृया अगाडी बढाउन निर्देशन समेत दिनुभयो । उहाँले भ्रमणका क्रममा सुदूरपश्चिम प्रदेशका सम्भावना र चुनौतीहरुका जानकारी लिने र आगामी आर्थीक बर्षको बजेट बिनियोजनामा समेत सहज हुने बताउनुभयो । उहाँले बझाङ जिल्ला प्रकृतिक स्रोत साधनका हिसावाले निकै सम्भावना बोकेको जिल्ला भएकाले यहाँको बिकासका लागी प्रदेश सरकारले आफ्नो स्रोत र साधनले भ्याए सम्म काम गर्ने आश्वासन समेत दिनुभयो ।

सुदूरपश्चिम प्रदेशको बिकासको मेरुदण्ड समेत रहेको सेतिलोक मार्गलाई खण्ड खण्ड गरि प्रयाप्त बवेट बिनियोजन गर्नका लागी प्रधानमन्त्री संग समेत छलफल गरेको बताउँदै प्रदेश सरकारले यसको बिकासका लागी समेत कुनै कसर बाँकी नराख्ने समेत बताउनुभयो । यसै बिचमा उहाँले खप्तडछान्ना गाउँपालिकाको बिद्युतको राष्ट्रिय प्रशारण लाईनको उद्घाटन गर्नुका साथै बाढी पहिरो ग्रस्त क्षेत्रको निरिक्षण समेत गर्नुभयो । त्यसै गरि सुर्मा गाउँपालिकामा रहेका बिभिन्न बिकास निर्माणका कामहरुको निरिक्षण गर्नुका साथै स्थानीयहरुका समस्याका बारेमा समेत जानकारी लिनुभयो ।

त्यसै गरि मुख्य मन्त्री शाहले नेपाल पत्रकार महासंघ बझाङको नवनिर्मित भवनको उदुघाटन गर्नुका साथै पत्रकारहरु संग भेटघाट , कार्यलय प्रमुखहरुलाई जिल्लाको समस्यका बारेमा जानकारी तथा निर्देशन र चैनपुर ताक्लाकोट सडकको स्थलगत निरिक्षण समेत गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार