बझाङमा तिनदिनमा यार्सागुम्बा टिप्न गएका दुईजनाको मृत्यु : एक महिला अझै बेपत्ता

  शुभकामना रोकाया  259 पटक हेरिएको

बझाङ : बझाङमा तिनदिनमा यार्सागुम्बा संकलन गर्न गएका दुई जनाको मृत्यु भएको छ । भने एकजना अझै बेपत्ता रहेका छन् ।
जिल्लाको सुर्मा गाउँपालीकाका दुईजनाको चिसोले कठ्यांग्रीएर मृत्यु भएको छ । यस्तै हिमपहिरोमा परेर एक महिला बेपत्ता भएकि छन् । सुर्मा गाउँपालीका वडा नं. ५ सैैनगाउँ घर भएका ३५ बर्षीय कलक बोहराको सोमबार घर फर्किने क्रममा तितापानी बनमा चिसोले कठ्यांग्रीएर मृत्यु भएको हो ।

यस्तै हिजो मंगलबार सुर्मा गाउँपालीका –४ का प्रेम बोहराको पनि घर फर्किने क्रममा सोहि ठाउँमा चिसोले कठ्यांग्रीएर मृत्यु भएको जिल्ला प्रहरि कार्यालय बझाङले जनाएको छ । दुवैजनाले मदिरा सेवन गरेको बुझिएको छ ।

यस्तै मंगलबार नै सुर्मा गाउँपालीका वडा नं. १ वेवडिकि ३३ बर्षिया झल्ना देवी बोहरा पार्थीवनमा हिमपहिरोमा परि बेपत्ता भएकि छिन् । उनको खोजीकार्य भईरहेको प्रहरिले जनाएको छ । राती ९ बजेको समयमा हिमपहिरो आईरहेको बेला भाग्नेक्रममा उनि बेपत्ता भएकी बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार