समाजसेवी स्वर्गीय बिरबहादुर रोकायाको स्मृतीमा शोक सभा

  भेषराज बिष्ट  215 पटक हेरिएको

बझाङ : छान्ना क्षेत्रकै समाजसेवी खप्तडछान्न्ना गाउपालिका- ३ सिल्काबाडा निवासी स्वर्गीय वीर बहादुर रोकायाको सम्झनामा नेपाली काङ्ग्रेस खप्तडछान्ना गाउपालिकाले एक  कार्यक्रमका बिच शोक सभा गरेको छ ।
बिपि स्मृति भवन पसलबगरमा आयोजना गरेको कार्यक्रममा स्वर्गीय रोकायाले समग्र समाजसेवामा गरेको योगदानको चर्चा गर्दै उहाँको फोटोमा माल्यार्पण गरि शोक सभा गरेको हो ।
बिपि स्मृति भवनका जग्गादाता समेत रहेका रोकायाले गाउमा स्कुल स्थापना, मन्दिर स्थापना, गाउँमै सनातन धर्मलाइ बचाउने अभियान सन्चालन, बाटो घाटो निर्माण , खानेपानी, सिचाइ कुलो लगायतका विभिन्न सामाजिक कामको नेतृत्व गर्दै समाजमा आफ्नो छुट्टै पहिचान समेत बनाउनु भएको थियो ।
२००१ साल चैत्र २५ गते जिल्लाको खप्तडछान्ना- ३ सिल्काबाडा जन्मिनु भएका रोकायाको २०७९ चैत्र २० गते निधन भएको हो ।  खप्तडछान्ना गाउपालिका अध्यक्ष उत्तम बहादुर रोकायाका बुवा समेत रहनु भएका उहाँले जीवन भर गरेका विभिन्न सामाजिक कामको चर्चा समेत शोक सभामा सहभागीहरुले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार