बझाङ : जिल्लाको खप्तडछान्ना गाउँपालीकामा स्थानीय धामीझाँक्रीसंंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । आज ग्रीनतारा नेपाल र रिड नेपालको संयुक्त साझेदारिमा सञ्चालीत गरिमा परियोजनाले धामीझाँक्रीसंंग छाउपडि प्रथाको बारेमा १ दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो ।
स्थानीय धामीझाँक्रीसंगको अन्तरक्रियात्मक कार्यक्रममा धामीझाँक्रीले अन्धविश्वासको रुपमा समाजमा रहेको छाउपाडी कुप्रथाको निर्मुल पार्न सबैले लाग्नुपर्ने सकरात्कमक टिप्पणी दएका छन् । कुले देवता रिसाउने देखी घरमा अनिष्ट हुने लगायतका डर देखाई यसका पक्षमा निरन्तर वकालत गर्ने समाजका पुरोहित र धामीझाँक्रीले आफुहरुलाई पहिलाको भन्दा अहलिे धेरै सहज भएको बताएका छन् ।

उक्त कार्यक्रममा खप्तड छान्ना गाउँपालीकाको पाटादेवल र गडरायका आमा समुहका पदाधिकारी, सासु समुहका पदाधिकारी, महेश्वरि माध्यमीक विद्यालयको किशोरी क्लब, पाटादेवल माध्यमीक विद्यालयको किशोरी क्लब लगायतको सहभागीता रहेको थियो ।

गरिमा परियोजनाका डोनर जर्मन नागरिक अमोघामति सुसानेको उपस्थितीमा खप्तड छान्ना गाउँपालीका– ७ गडरायमा सञ्चालन गरिएको कार्यक्रमको सहजिकरण तिनतारा नेपालका कार्यकारी निर्देशक रामचन्द्र सिरुवालले गर्नुभएको थियो । गाउँपालीका भरी विभीन्न देवीदेवताको अवतार हुने २६ जना धामीझाँक्री रहेका छन् । फिल्ड मेनेजार बिक्रम जोशीले कार्यक्रम सञ्चालन गर्नु भएको हो ।


565 पटक हेरिएको 









