खप्तड छान्नाको शैक्षिक सुधारमा जोड : एकीकृत पाठ्यक्रम शिक्षण विधि विषयक तालिम सकियो, लागु होलान् त तालीममा सिकेका कुराहरु ?

  कपिल रोकाया  1506 पटक हेरिएको

बझाङ : अस्ट्रेलियन, हिमालयन फाउन्डेसन र अष्टेलियन सरकारको संयुक्त सहयोग तथा खप्तड छान्ना गाउँपालीकाको समन्वय र रिड नेपालको आयोजनमा सञ्चालन गरिएको स्थानीय श्रोत शिक्षकको भुमिका तथा एकीकृत पाठ्यक्रम शिक्षण विधि विषयक तालिम सकिएको छ । २९ गते खप्तड छान्ना गाउँपालीका – ४ घाटखोला स्थित ईश्वर आधारभूत विद्यालयमा सुरु गरिएको ५ दिने तालिम ३ गते आईबार सम्पन्न भएको हो ।


तालिममा स्थानीय स्रोत शिक्षकको काम, कर्तव्य, परिचालन, योजना निर्माणका साथै पाठ्यक्रम अध्यन र प्रयोग, एकीकृत सिकाइ योजना निर्माण र प्रयोग, नमूना कक्षा , विषयगत सामग्री निर्माण र प्रयोग, विद्यार्थीको सिकाइ मुल्यांकन, विद्यार्थी अभिलेख लगाएतका विषयवस्तुको प्रशिक्षण गराईएको रीड नेपालका शिक्षा विकास संयोजक जनकराज जोशीले बताउनु भयो ।

तालीमका प्रमुख प्रशिक्षक तथा शिक्षा मन्त्रालयका उप सचिव मेघनाथ शर्माले सैक्षिक नितिहरु लागु गर्ने मुख्य पात्र शिक्षक भएकोले तपाईहरुले आफ्नो सिकाउने तरिकामा समय सापेक्ष परिवर्तन गर्न आबश्यक रहेको बताउनु भयो । तालिमको प्रभावकारिता सिकेका सिपलाइ कक्षाकोठामा प्रयोग गरेमात्र हुने हुँदा सबैले प्रयोग गर्न आग्रह गर्दै खप्तडछान्नाको समग्र शैक्षिक बिकासको लागि सकिने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


कार्यक्रममा अस्ट्रेलियन हिमालयन फाउन्डेसनका प्रमुख कार्यकारि अधिकृत एन्जेला फोर्डले शिक्षा र स्वास्थ क्षेत्र सुधार गर्नको लागी हाम्रो लगानी रहेकोले सबैले परिबर्तनको लागी प्रयत्न गर्नु पर्ने र बिद्यालय रङ्गिन बनाउन अनुरोध गर्नु भएकोे । यस्तै अस्ट्रेलियन हिमालयन फाउन्डेसनका सल्लाहकार जिम स्टाङले धेरै मेहनतका साथ खप्तडछान्नामा कार्यक्रम ल्याउन सफल भएका बताउँदै विद्यार्थीको सिकाई सुधारको लागि सरोकारवालाले इमानदार भएर काम गर्नु पर्ने बताउनु भयो ।

सहभागीको तर्फबाट मन्तव्य राख्दै शिक्षक उमा देबि जोशि र धर्मराज थापाले सिकेका सिपलाइ अनिवार्य बिद्यालयमा लागु गर्ने कुरामा प्रतिबद्ध रहेको बताउनु भयो । रीड नेपालका कार्यकारी अधिकृत तथा कार्यक्रमका अध्यक्ष भिम बहादुर बोगटीले तालिमका कार्यक्रम तालिम हलमा मात्र सिमित नराखि कक्षाकोठामा अनिवार्य पुर्याउनु पर्ने बताउनु भएको छ । उहाँले जति विद्यालय सुधार गर्न प्रयास गर्नु हुन्छ तेति नै आफ्नो सहयोग रहने कुरा बताउँदै विद्यार्थीको सिकाइ उपलब्धि बढाउन लाग्नु पर्ने बताउनु भयो । समग्र शैक्षिक सुधारको निम्ति सधैं स्थानीय सरकारलाई साथ र सहयोग रहने अधिकृत बोगटीको भनाई छ ।


उक्त तालीममा पालीकाका भरिका ३७ वटा विद्यालयबाट जम्मा ७४ जना शिक्षकहरूको सहभागीता रहेको थियो । तालिमको सहजीकरण मेघनाथ शर्मा, मदन खनाल, केशव देव गिरी, जनकराज जोशी र उमा भट्टका साथै अस्ट्रेलियन र न्युजिल्यान्डका प्रशिक्षक रोजर ओमेघर, सारा जोन्स, रुथ लुथी, एनाविच, रुबेका व्युमेन्ट, स्टेफिङ व्युमेन्ट गर्नु भएको थियो ।

रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीको अध्यक्षता भएको कार्यक्रम खप्तड छान्ना गाउँपालिका उपाध्यायक्ष बिस्णु कुमार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले शैक्षिक सत्रको सुरुवातमानै परिवर्ततित पाठ्यक्रमको तालिम पाउनु भनेको शिक्षकको लागि महत्त्वपूर्ण कुरा भएको बताउनु भएको छ । तालिममा सिकेका सिपलाइ अनिवार्य कक्षाकोठामा लागू गर्नको लागि उहाँले अनुरोध समेत गर्नु भएको छ । उहाँले कार्यक्रम संचालन गर्ने रीड नेपाल र सहयोगी दातालाई धन्यवाद व्यक्त गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै ईश्वर आधारभुत विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष बर्क बहादुर रोकयाले शिक्षकले गर्न चाहेमा विद्यालयको समग्र शैक्षिक बिकास हुने हुँदा आफ्नो दायित्व पुरा गर्न अनुरोध गर्नु भयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार