बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालीकामा स्थानीय श्रोत शिक्षकको भुमिका तथा एकीकृत पाठ्यक्रम शिक्षण विधि बिषययक तालिम आजबाट सुरु भएको छ । अस्ट्रेलियन, हिमालयन फाउन्डेसन र अष्टेलियन सरकारको संयुक्त सहयोगमा रिड नेपालले आयोजना गरेको एकीकृत पाठ्यक्रम शिक्षण विधि बिषयक तालिम आज बुधबारबाट सुरु भएको हो । 
रिड नेपालका प्रमुख कार्यकारी प्रबन्धक भिम बोगटिको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णु कुमार थापा रहनुभएको थियोे । यस्तै बिशिस्ट अतिथि गाउँपालिका पुर्व अध्यक्ष एवं ईश्वर आधारभूत विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष बर्ख बहादुर रोकाया रहनुभएको थियोे । कार्यक्रम खप्तड छान्ना गाउँपालिका वडा नं. ४ घाटखोला स्थित ईश्वर आधारभूत विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको हो । तालिम ५ दिन सम्म सञ्चालन हुने भएको छ । उक्त तालिममा पालिका भरिका ३८ वटा विद्यालयबाट जम्मा ७२ जना शिक्षकहरूको सहभागीता रहेको छ ।

अष्ट्रेलियन हिमालयन फाउन्डेसनकि सि.ई.ओ एन्जेला फोर्ड लगायत सल्लाहकार एएचएफ जि मिस्टेङ, तालिम कोर्डिनेटर रोजर ओमेघर, सारा जोन्स, रुथ लुथी, एनाविच, रुबेका व्युमेन्ट, स्टेफिङ व्युमेन्ट साथै अन्य प्रशिक्षकहरु पाल्नुभएको रिड नेपालका शिक्षा विकास संयोजक जनकराज जोशिले बताउनु भयो ।
रिड नेपालका फिल्ड अधिकृत देवराज खत्रीले शुभकामना मन्तव्य व्यक्त गर्दै ५ दिने तालिम निकै फलदायी हुने अपेक्षा गरिएको बताउनुभएको छ । आफुले विगत लामो समयदेखि सिकेको ज्ञान सीप तालिममा प्रदर्शन गरिने उहाँले बताउनु भयो । तालीम उद्धघाटन कार्यक्रममा बोल्दै अष्ट्रेलियन हिमालयन फाउन्डेसनकि सि.ई.ओ एन्जेला फोर्डले यहाँ आउन पाउँदा आफु निकै भाग्यमानी ठान्दै स्थानीय सरकार प्रति खुशि भएको बताउनु भयो । उहाँले नेपालमा परिर्वतनको आशा राख्दै अष्टे«लियामा यो संस्थालाई डोनेशन आउने र आफुलाई परिर्वतनको धेरै आशा रहेको भन्दै नेपाललार्ई सहयोग गर्ने बताउनु भयो ।

उहाँले अष्ट्रेलियन हिमालयन फाउन्डेसन र रिड नेपालको सम्झौता भएको २० बर्षपुरा भईसकेको बताउनु भयो । अहिले एक्सन फर नेपाल संगपनि सम्झौता गरि यस्ता कार्यक्रम सञ्चालन गरिरहेको कार्यक्रम प्रभावकारी हुने बताउनु भयो । उहाँले भन्नु भयो “यो खप्तड छान्ना गाउँपालीकका स्कुलहरुमा बालबालीकाले सकरात्मक र गुणस्तरिय शिक्षा आर्जन गर्न सकुन् । कार्यक्रममा सहभागीहरुको प्रयास, क्षमता अभिवृद्धिले यो सम्भव रहेको छ ।” यसमा सबैले ध्यान दिन समेत उहाँले अनुरोध गर्नु भएको छ ।
यस्तै इश्वर आधारभुत विद्यालयका व्यवस्थापन समिती अध्यक्ष बर्ख बहादुर रोकायाले समाज परिर्वतन गर्नका लागी सबैको सक्रियता आवश्यक पर्ने बताउनु भएको छ । विभीन्न देशबाट आउनु भएका पाहुनालाई स्वागत गर्दै अध्यक्ष रोकायाले उहाँहरुको जस्तै शिक्षा आर्जन गर्न, परिवर्तन गर्न शिक्षकहरुको महत्वपुर्ण भुमिका रहेको र शिक्षकले परिर्वतन गर्न चाहेमा अवश्य परिर्वतन तर्फ लैजान सकिने बताउनु भयो । उहाँले रिड नेपालले शिक्षा तर्फ र एक्सन फर नेपालले स्वास्थ्य तर्फ गरि मानव जिवनका यि मुख्य अंगहरुलाई हेरिरहेकोले हाम्रै गाउँठाउँ, समाज विकसित भएर अग्रगामी स्थानमा पुग्ने सम्भावना देखेको बताउनु भयो । कार्यक्रममा “हामी सफल हुने छौँ, देशको सेवा गर्ने छौँ । हृदय देखी विश्वास गर्दछौँ । लगायतको शिक्षक प्रतिबद्धता गीत समेत प्रर्दशन गरिएको हो ।

रिड नेपालका कार्यकारी प्रबनधक तथा कार्यक्रममा अध्यक्ष भिम बोगटीले तालीममा आफुसंग भएको सिप, दक्षता, क्षमता आदानप्रदान गर्न सकिने र केहि कुराको ज्ञना प्राप्त गर्न सकिने बताउनु भयो । सहभागी शिक्षकहरुले तालीममा सकिेका कुराहरु कार्यान्वयन गर्नुहुन्छ भन्ने अपेक्षा गरिएको समेत उहाँले बताउनु भयो ।



1072 पटक हेरिएको 









