बझाङ : गत बर्ष असोज २९ गतेदेखी कार्तीक ३ गते सम्मको अविरल बर्षा संगैको बाढीपहिरोमा प्रभावीत भएका बाढि पिडीतको निवेदन तथा विवरण संकलन गरिएको छ ।
शनिबार एक कार्यक्रमका बिच खप्तड छान्ना गाउँपालीकाका बाढिपडितलाई राहत सामाग्री केन्द्रबाट जिल्लामा पुगिसकेको र उक्त राहत बुझिलिन आ-आफ्नो आवश्क कागजात जिल्ला प्रशासन कार्यालयमा पेश गर्न सुचना मार्फत भनिएको भएतापनि जिल्लामा आउन खर्च हुने देखीएकाले प्रमुख जिल्ला अधिकारीको टोली आफैँ गाउँपालीकामा पुगेर बाढिपीडीतको विवरण तथा निवेदन संकलन गरिएको हो ।
गाउँपालीकाका ५० जना पिडीत मध्ये अहिलेसम्म ४२ जनाको निवेदन संकलन गरिएको छ । कार्यविधीमा संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट राहत योगदान गर्नुपर्ने, प्रतिशत बाँडफाँड गर्नुपर्ने र किस्ताबन्दीको रुपमा दिनुपर्ने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनु भयो । यस्तै कार्यविधी अनुसार पिडीतहरुले पाउनुपर्ने राहत रकम केहिदिनमै पिडीतहरुकोे खातामा पठाईदिने समेत उहाँले बताउनु भयो ।
य संगै खप्तडछान्ना गाउँपालीकाका जेष्ठ नागरिक, चिसोका कारण अशक्त, अपांग, बृद्धबृद्धा र सहयोग गर्ने मान्छे नभएका विपन्न परिवारको लागी कम्मल दिइएको छ । शनिबार खप्तड छान्ना गाउँपालीकाको सभाहलमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले गाउँपालीका अध्यक्ष उत्तम बहादुर रोकाया समक्ष कम्मल हस्तान्तरण गर्नु भएको हो । गाउँपालीकाका १२ जनालाई पुग्ने गरि कम्मल दिईएको छ ।


285 पटक हेरिएको 









