
बझाङ। जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालयबाट प्रवाह गरिने सेवा दिनु भन्दा अगाडी राष्ट्रिय गान गाएर शुभारम्भ गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय बझाङले बिहान १० बजे सबै कर्मचारीहरुलाई प्रशासनको प्राङ्गडमा उभ्याएर राष्ट्रिय गान गाउन लगाएर काम सुरु गरेको हो ।
कर्मचारीलाई सेवा प्रवाह प्रति उत्तरदायि बनाई नियमित समयमै कार्यालयमा उपस्थित गराउनका लागी प्रत्येक दिन बिहान १० बजे राष्ट्रिय गान गाउने र लगत्तै सेवाग्राहीको काम गर्ने उदेस्यले कार्यक्रमको थालनी गरिएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले भन्नुभयो, “ यस प्रकृयाले कर्मचारीमा समेत राष्ट्र प्रतिको समर्पणको भाव , राष्ट्र प्रतिको अपनत्वको भावको समेत बिकास भई , लगनशिलता , काम गर्ने हौसलाका साथै कर्मचारी समेत समयमै कार्यालयमा हाजिर हुने बानीको समेत बिकास हुन्छ”। उहाँले यस कार्यलाई निरन्तरता दिईने बताउँदै यसले कर्मचारी र सेवाग्राही दुबैलाई समेत अनुसासित हुन टेवा पुग्ने बिश्वास रहेको समेत बताउनुभयो । लाईनमा बसेर राष्ट्रिय गान गाउँने सबै कर्मचारीहरुले आफ्नो कर्मचारी परिचय पत्र , सरकारी कर्मचारीले लगाउने पोषाक लगाएर उपस्थित भएका थिए । जिल्ला प्रशासन कार्यालयको यस रचनात्मक काम प्रति सेवाग्राही समेत खुशी भएका छन् । बिगतका बर्षहरुमा कर्मचारी समयमा कार्यालयमा उपस्थित नहँुदा घण्टौ सम्म नागरिकता लिन तथा राहदानीको काम गर्न समेत कर्मचारीलाई कुरेर बस्नु पर्ने अबस्था हुन्थ्यो । कर्मचारीले आफ्नो समयमा उपस्थित भई सेवा प्रवाह समेत छिटो छरितो भरपर्दो हुने स्थानीय सेवाग्राहीहरुको भनाई छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डेको जिल्ला आगवन पछि जिल्mलाको गृह प्रशासनमा समेत सुधार हुन लागेको समेत स्थानीयको भनाई छ । सरकारी कार्यालयले यसरी रचनात्मक काम गरेर आम नागरिक प्रति जवाफदेयि बनेको खण्डमा लोकतन्त्र समेत अझा बलियो हुने स्थानीय जागदीस रोकायाले बताउनुभयो । उहाँले सरकारी कार्यालयमा मुस्कान सहितको सेवा दिने भनिएको भएपनि कतिपय कार्यालयहरु क्र्मचारीको ढिला सुस्ती , अनाबस्यक बिदामा बस्ने लगायतका गैरकानुनी कार्यले सेवा प्रवाहमा समेत समस्या हुने गरेको छ ।
फोटो – जिल्ला प्रशासन कार्यालय बझाङमा कर्मचारीहरु बिहान ठिक १० बजे लाईनमा बसेर राष्ट्रिय गान गाउँदै । तस्बिर – शैलेन्द्र रोकाया ।


323 पटक हेरिएको 









