बझाङ : जिल्ला प्रशासन कार्यालय बझाङले आरएनसी ट्रेडिङ प्रालिलाई आज मंगलबारदेखी बन्द गरेको छ । मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद बहादुर चनको नेतृत्वमा खटिएको अनुगमन टोलिले आरएनसी ट्रेडिङ कम्पनीलाई बन्द गर्ने निर्णय गरेको हो ।
प्रत्येक्ष विक्री व्यवस्थापन तथा नियन्त्रण गर्ने ऐन २०७४ को परिच्छेद २ बमोजिम इजाजत सम्बन्धि व्यवस्था अनुसार आरएनसी ट्रेडिङले परिच्छेदको दफा ३ बमोजिम इजाजत प्राप्त नगरी वस्तुको प्रत्येक्ष बिक्रीवितरण सम्बन्धि कार्य गरेको भन्दै बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै कम्पनीका प्रकाश बहादुर चन्दको नाममा नगरपालिकामा व्यवसाय दर्ता भएको, स्थायी लेखा नम्बर, कम्पनीको रजिस्ट्रारको कार्यालयमा दर्ता नभएको र घरेलु तथा साना उद्योग कार्यालय बझाङमा समेत दर्ता नभएको पाइएको बताइएको छ ।
अनुगमन टोलिको रोहवरमा नियम विपरीत सञ्चालन भैरहेको आरएनसि ट्रेडिङ प्रालिलाई आजकै मिति देखि बन्द गर्ने निर्णय गरिएको अनुगमन समितीका अध्यक्ष एवं सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चनले बताउनु भयो ।


1385 पटक हेरिएको 









