साइपालमा टेलिफोन सेवा अबरुद्ध

  कपिल रोकाया  251 पटक हेरिएको

बझाङ : बझाङको उत्तरी क्षेत्रमा रहेको साईपाल गाउँपालिकामा शनिबार देखि टेलिफोन सेवामा समस्या आएको छ । चिनको स्वाशासित क्षेत्र तिब्बत संग समेत सिमाना जोडिएको साईपाल गाउँपालिकाको वडा नम्बर –२ नाङ्नामा रहेको टेलिकमको टावरमा समस्या आएपछि गाउँपालिकामा नै सम्पर्क बिच्छेद भएको हो ।

मष्टा गाउँपालिकामा रहेको भकुण्डेमा रहेको टावरबाट लिंकजोडेको साईपाल –२ नाङ्नामा रहेको टेलिकमको टावरमा समास्याआएको छ । टावरमा समस्या आउँदा साईपाल गाउँपालिका भरि कुनै पनि ठाउँमा सम्पर्क हुन नसकेको साईपाल गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो । उहाँले आफु सदरमुकाम चैनपुरमा रहेको नेपाल टेलिकमको कार्यालय र जिल्ला प्रसाशन कार्यालय सम्म समेत पुगेको बताउनुभयो ।

यता मस्टा गाउँपालिकाको भुकुण्डेमा रहेको टावरमा समस्याका कारणले पनि साईपाल गाउँपालिकामा रहेको टावरले समेत काम नगरेका कारणले समस्या भएको हुदाँ साईपाल गाउँपालिकामा रहेको टावरमा लिकं नभएका कारणले समस्या आएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनुभयो ।

उहाँले नेपिाल टेलिकम संग समेत समन्वय भएकाले सोमबार एउटा टोली उठाउने समेत बताउनुभयो । भकुण्डेमा रहेको टावरमा कुन कारणले समस्या भएको भन्ने एकिनहुन सकेको छैन् । पटकपटक मौसममा खराबीआउना साथ टेलिकमको टावरमा रहेको सोलार चार्जमा समेत समस्याआउने हुँदा यसै आर्थिक बर्षमा साईपाल गाउँपालिकाले नयाँ सोलार जडान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार