बझाङ : छबिस पाथीभेरा गाउँपालिका वडा नं. २ मा सिपबिकास मुलक तिन महिने सिलाई कटाई तालिमको उद्घाटन गरिएको छ । बिहिवार वडा अध्यक्ष पविन्द्र बहादुर मण्डेलको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो ।
वडा भित्रका एकल, टुहुरा, दलित, गरिब बिपन्न बर्गलाई लक्षित गरि ३ महिने सीप बिकासमुलक सम्बन्धि सिलाइ कटाई तालिम दिइने भएको हो । उक्त तालिममा छबिस पाथिभेरा गाउँपालिका- २ का १६ जना सहभागी भएका छन् । तालिम छबिस पाथिभेरा गाउँपालिका वडा नं. २ जयपृथ्वी नगर मेल्लेखमा सञ्चान भईरहेको छ ।
उद्घाटन कार्यक्रम बाेल्दै वडा अध्यक्ष मण्डेलले यो तालीमले सिपबिकास संगै समाजिक कुरिति अन्तय भएकाे भन्दै सीपमा जातजाति नछुट्याएर सबैले सिपमुलक तालिम लिनुपर्ने बताउनु भयो । उहाँले मानवजातिको जिविकोपार्जनका लागि कुनै न कुनै सिपकाे रहेको बताउनु भयो ।


368 पटक हेरिएको 









