प्रतिनिधि सभा सदस्य जोशिको टोलि खप्तडछान्नामा :  बाढिपहिरो पीडितको अवस्था बुझ बिस्तार

संरचना निर्माणको पहलका लागीलागी कुनै कसर बाँकी नराख्ने माननीय जोशीको भनाई

  आदर्ष रोकाया  344 पटक हेरिएको

बझाङ : प्रतिनिधि सभा सदस्य भानुभक्त जोशिको नेतृत्वको टोलिले जिल्लाको खप्तडछान्ना गाउँपालिकामा गत असोज २९ देखि कार्तिक ३ गतेसम्मको अविरल बर्षासंगैको बाढी र पहिरोका कारण क्षेद बिच्छेद भएका संरचनाहरुको निरिक्षण तथा अनुगमन गरेको छ ।

उक्त टोलिले गाउँपालिकाको १ देखि ७ नम्बर जोड्ने सडक , पक्किपुल, बाढी र पहिरो पिडितहरुको अवस्था बुझ बिस्तार गरेको छ । टोलिसंग  बाढी र पहिरो आएको डेढ बर्ष सम्म सरकारी निकायबाट कुनै पनि राहत तथा क्षेतिपुर्ती नपाएका बाढीपिडितहरुले गुनासो गरेका थिए ।

निरिक्षण टोलिमा रहनु भएका गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले बाढिपहिरो पीडितहरुका लागि पटकपटक संघ, केन्द्र सरकार संग समन्वय गरेको भएपनी कुनै पनि कार्यक्रम नआएको बताउनु भयो । उहाँले सरकारका तत्कालिन प्रधानमन्त्री , गृह मन्त्री , मुख्य मन्त्री र सभामुख आएर स्थलगत अध्यायन गरेको भएपनी हाल सम्म कुनै सुनुवाइ नभएको र अहिले पुर्ण घर क्षेती भएका परिवारलाई केही राहत आएको बताउनुभयो ।

यस्तै प्रतिनिधि सभा सदस्य भानुभक्त जोशिले बाढीले भत्किएका सरकारी संरचना सडकको वैकल्पिक उपाय, पक्किपुलको अवस्था र बाढीपिडितको अवस्थाको बारेमा बुझ्न आउँदा साह्रै दयनिय अवस्था भएको बताउनु भयो । उहाँले यी संरचना निर्माण गर्नका लागि समन्धित ठाउँमा पहल गर्न कुनै कसर बाँकी नराख्ने समेत बताउनुभयो ।

बाढिपहिरोले क्षतिग्रस्त स्थलको अनुगमन पश्चात गरिएको अन्र्तक्रिया कार्याक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले मनसुनजन्य विपद प्रभावीतहरुको लागी राहत बजेट केन्द्रबाट जिल्लामा आईपुगेको बताउनु भयो । उहाँले जिल्लामा गत असोज २९ गतेदेखी कार्तिक ३ गतेसम्म परेको अविरल बर्षका कारण बाढी पहिरो तथा नदिकटानले पुर्णरुपमा क्षति भएका ७८ जना बाढीपीडतको नाम लिस्ट केन्द्रबाट एप्रुफ भएर आएको र उक्त लिस्ट ४ दिन अघि बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सबै समक्ष राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो “यो प्रारम्भीक सुचि हो । र क्रमस अन्य सुचिपनि आउने छन् भन्ने हामीलाई जानकारी प्राप्त भएको छ ।” प्रारम्भीक सुचिमा खप्तडछान्ना गाउँपालीकाका बाढीपीडीतको नाम छुटेको हुन सक्दछ । आगामी दिनमा आउने सुचिमा छुटेका बाढिपीडीतको नाम आउने विश्वास रहेको उहाँले बताउनु भयो । केन्द्रबाट आएको राहत बजेट अहिले वितरण भईरहेको छ । बाढिपीडीतले आफ्नो आवश्यक प्रमाणपत्र लिएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सुचना समेत प्रकाशित गरिसकेको अधिकारी पाण्डेले बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य भानुभक्त जोशी नेतृत्वमा गाउपालिका अध्यक्ष उत्तम बहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे , सुरक्षा निकायका प्रमुख, स्थानीय, सञ्चारकर्मी लगाएतको टोलीले अनुगमन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार