
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङको ११ औ जिल्ला अधिबेशन सनिबार सदरमुकाम चैनपुरमा सुरु भएको छ । नयाँ नेतृत्वका लागी भएको अधिबेसनको उद्घाटन गरिएको हो ।
मानव कल्याणका लागी काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटी २०३८ सालमा बझाङमा स्थापना गरिएको थियो । त्यस यत जिल्लामा नेपाल रेडक्रस सोसाईटी बझाङ शाखाले प्राकृतिक बिपदका साथै मानविय घटनाहरुमा राहत तथा उद्धारको कार्यमा समेत काम गर्दै आई रहेको छ । उद्धघाटन समारोहमा बोल्ले बक्ताहरुले मानव कल्याणका लागी काम गर्दै आई रहेको नेपाल रेडक्रस जस्तो पबित्र संस्थामा सबल र सक्षम नेतृत्व आउनु पर्ने धारणा राख्नुभयो । रेडक्रस सोसाईटीको संक्षिप्त ईतिहासको बारेमा बोल्दै जयपृथ्बी नगरपालिका प्रमुख चेतराज बजालले बझाङ जिल्लामा समेत स्थापना काल देखि रेडक्रस सोसाईटी बझाङ मानव कल्याणका साथै प्राकृतिक बिपदका घटनाहरुमा समेत कार्य गर्दै आईरहेको समेत बताउनुभयो । उहाँले बझाङमा रेडक्रस सोसाईटीको स्थापना काल देखि यसको सस्थागत बिकासमा समेत आफुहरुले निरन्तर सहयोग रहदै आएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी रहेका जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर बोहराले बझाङ जिल्लाका नेपाल रेडक्रस सोईटीले स्थापना काल देखि बिपदका बेला मानव सेवामा समेत राम्रो काम गर्दै आएको बताउँदै बिना बिवाद सबैको एकता हुने खालको बातावरण तयार गरि सर्बसम्मत नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । उहाँले मानव सेवाका लागी बिश्द्ध गैरराजनितीक तरिकाले काम गर्न समेत सबैमा आग्रह गर्नुभयो ।

नेपाल रेडक्रम सोसाईटीका सभापती खडक बहादुर बोहराले आफ्नो कार्यकालमा रेडक्रसको संस्थागत तथा अन्य भौतिक बिकासमा समेत राम्रो काम भएको बताउनुभयो । उहाँले जिल्ला शाखाको पक्की भवन , नयाँ एम्बुलेन्स प्राप्त लगायत अन्य प्राकृतीक बिपदका घटनामा राहत तथा पुर्नरस्थपनाका कार्यमा समेत उपलब्धी मुलक काम गरेको बताउनुभयो ।

शनिबार बन्द सत्र समेत गरि आईतबार सम्म नयाँ नेतृत्व चयन हुने समेत निर्वाचन समितीले जनाएको छ । उदघाटन कार्यक्रममा स्वागत मन्तब्य नेपाल रेडक्रस सोसाईटीका उपसभापती तथा खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकाया , र मन्तब्यमा बित्थड चिर गाउँपालिका अध्यक्ष अमर महर , दुर्गाथली गाउँपालिका उपाध्यक्ष जनक दौल्याल , नेपाल रेडक्रस सोसाईटीका संस्थापक मन्त्री नरेन्द्र रावल , पत्रकार महासंध बझाङका अध्यक्ष शैलेन्द्र रोकाया लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम संचालन रेडक्रस सोसाईटीका मन्त्री ईश्वरनाथ जोशीले गर्नु भएको थियो ।

कार्यक्रममा तिन जना कर्मचारी समेतलाई सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाईटीका पहिलो कर्मचारी कृष्ण खाती , रेडक्रमका प्रशासन प्रमुख श्याम नेपाली , कार्यलय सहायक देबराज बिष्टलाई दोसल्ला आडाएर सम्मान गरेको छ । त्यस्तै संस्थापक मन्त्री तथा जिल्ला शाखाका पुर्व सभापती नरेन्द्र रावललाई समेत दोसल्ला ओडाएर सम्मान गरेको हो ।


महामानव जाँ हेनरी ड्युनाले ई.सं. १८६३ अक्टोवर २० मा मानव कल्याणको लागि केही गर्नुपर्छ भन्ने सोचका साथ रेडक्रस संस्था स्थापना गर्नु भएको थियो । अन्तर्राष्ट्रिय रेडक्रस आज विश्वका एक सय ९२ राष्ट्रमा फैलिरहेको छ । अन्तर्राष्ट्रिय रेडक्रस स्थापनाको ठीक एक सय वर्ष पछाडि वि.सं. २०२० भाद्र १९ गते नेपालमा रेडक्रसको स्थापना गरिएको थियो ।


435 पटक हेरिएको 









