बझाङ : जिल्लाको सुर्मा गाउँपालिकामा महिला हिंसा विरुद्धका लागि जनचेतनामूलक देउडा कार्यक्रम गरिएको छ । आइतबार सुर्मा गाउँपालिका वडा नं.५ को आर्थिक सहयोग र धौलदेउ आमा समुहको आयोजनामा महिला हिंसा विरुद्धका लागि १ दिने जनचेतनामूलक देउडा कार्यक्रम गरिएको हो ।
गाउँठाउँमा बढ्दो महिला हिंसालाई न्यूनीकरण र रोकथामका लागि देउडा प्रतियोगितामा महिलाहरूको सक्रियता देखिएकाले र देउडा गित मार्फत सबैले छिटो बुझ्ने भएकाले १ दिने जनचेतनामूलक देउडा कार्यक्रमको आयोजना गरिएको धौलदेउ आमा समुहकी अध्यक्ष गिता बोहराले बताइन् । उक्त कार्यक्रम स्थानीय महिलाहरूको उपस्थिति र सहभागीतामा महिला हिंसा विरुद्धका देउडा गितहरु प्रदर्शन गरिएका छन् ।
धौलदेउ आधारभुत विद्यालय सैनगाउँको प्राङ्गणमा धौलदेउ आमा समुहकी अध्यक्ष गिता बोहराको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि सुर्मा गाउँपालिका-५ का वडाअध्यक्ष बिरबहादुर जेठारा रहनु भएको थियोे । यस्तै जनप्रतिनिधि, स्थानीय महिला, शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियोे ।


401 पटक हेरिएको 









