बझाङ : छबिस पाथीभेरा गाउँपालीका अध्यक्ष बसन्त बहादुर चलाउनेले सामुदायीक विद्यालयहरुमा दक्ष र अब्बल शिक्षकहरु भएपनि शिक्षामा गुणात्मक परिर्वतन हुन नसकेको बताउनु भएको छ ।
बिहिवार छबिस पाथीभेरा गाउँपालीकाले आयोजना गरेको स्थानीयतह स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता उद्धघाटन समारोहमा बोल्दै अध्यक्ष चलाउनेले स्थानीय सरकारले खेलकुदलाई शिक्षासंग जोडेको हुनाले शिक्षालाई कसरि गुणात्मक बनाउने भन्ने बिषयमा विभीन्न निकायहरु, स्थानीय सरकार, अभिभावक, शिक्षक विद्यार्थीको आ–आफ्नो अहम भुमिका रहेकाले सबैले जिम्मेवारीपुर्वक आफ्नो कमि कमजोरीलाई सहर्ष स्विकार गर्दै शिक्षामा आएका समस्याहरुलाई गुणात्मक शिक्षामा लौजान नयाँ ढंगले परिमार्जीत गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो “राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता विद्यानको निम्ती पुर्ण उत्सव हो ।” विगतका दिनहरुमा कोरोना भाईरसका कारण यस्ता कार्यक्रमहरु सञ्चालन हुन सकेनन् । आगमीदिनमा दुई÷तिन दिनमा सम्पन्न हुने यो कार्यक्रमलाई थप प्रभावकारी बनाउनको लागी सबैले आ–आफ्नो क्षेत्रबाट अहम भुमिका खेल्दै जिम्मेवारी बहन गर्नुपर्ने बताउनु भयो । उहाँले स्थानीय सरकारसंग सिमितमात्रै स्रोत साधन भएको र नागरिकका आकांक्षा र चाहना धेरै भएकाले सिमीत स्रोतसाधनबाट पनि अधिकतम् रुपमा जनताका भावनालाई समेट्न स्थानीय सरकार सबैसंग छलफल गर्दै अघि बढ्ने बताउनु भएको छ ।
विद्यालयमा भौतीक संरचना प्रयाप्त छन् । दक्ष शिक्षकहरु छन् । तर सोचे अनुसारको गुणात्मक शिक्षा पाउन नसेको र गुणस्तरिय शिक्षा प्राप्त गर्नका लागी सबैसंग समन्वय गर्दै अगाडी बढ्ने उहाँको भनाई छ ।
यस्तै छबिस पाथीभेरा गाउँपालीका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष करनजंग बहादुर सिंहले आफु नयाँ प्रतिनिधीसंगै नयाँ अभ्यासमा हुँदा खेलकुदका लागी जति रकम विनियोजन गर्नुपर्ने थियो त्यति रकम विनियोजन गर्न नसकिएको र आगामी आर्थीक बर्षमा कार्यपालीकाका प्रतिनिधीसंग छलफल गरि खेलकुदका लागी प्रसस्त बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।


318 पटक हेरिएको 









