नेपाल व्युटिसियन संघ जिल्ला शाखा बझाङको प्रथम जिल्ला अधिवेशन सम्पन्न

७ सदस्यीय जिल्ला कार्यसमिती गठन

बझाङ : नेपाल व्युटिसियन संघ जिल्ला शाखा बझाङको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रवार नेपाल टेड्र युनियन काँग्रेससंग आवद्ध नेपाल व्युटिसियन संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

नेपाल व्युटिसियन संघ जिल्ला शाखा बझाङकी अध्यक्ष सिता खड्काको अध्यक्ष्तामा प्रमुख अथिती नेपाल व्युटिसियन संघकी बरिष्ट उपाध्यक्ष शान्ती तिमल्सिना रहनु भएको थियो ।

यस्तै अधिवेशनमा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी, श्रमजिवी व्यवसायी, नेपाल व्युटिसियन संघसंग आवद्ध प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिीती रहेको थियो । साथै प्रथम जिल्ला अधिवेशनबाट नयाँ कार्य समिती गठन गरिएको छ । जिल्ला अध्यक्षमा रन्जिता रोकाया थापाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ ।

नेपाल व्युटिसियन संघको प्रथम जिल्ला अधिवेशनमा बोल्दै महिला संघ बझाङकी अध्यक्ष प्रभालक्ष्मि बजालले पालीका स्तरिय नेपाल व्युटिसियन संघ समिती गठन गर्नेपर्ने साथै पालिकामा तालिम सञ्चान गरि सीप सिकेर आत्मनिर्भर हुनुपर्ने बताउनु भयो ।

जिवनमा सुन्दरता बिना केहिपनि नभएको र अफुले ब्युटि पार्लर सम्बन्धी कुनैपनि तालीम नलिएर व्युटिसियन भएकी बताउँदै आफु यो सिपमा दक्ष रहेको अध्यक्ष सिता खड्काले बताउनु भयो । यसमा सबैले श्रमजिवी व्यवसायी बन्नुपर्ने, व्युटिसियन हुनुपर्ने र ट्रेड युनियनका अधिकारहरुलाइ सुरक्षित गर्दै वकालतमा समेत जोड दिने उहाँले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार