छबिस पाथीभेरा गाउँपालीका वडा नं.२ को कार्यालयद्धारा सत्यवादी माध्यमीक विद्यालयलाई खेलकुदका सामाग्री हस्तान्तरण,,

  समिर कठायत  668 पटक हेरिएको

छबिस पाथीभेरा गाउँपालीका वडा नं. २ को कार्यालयले सत्यवादी माध्यमीक विद्यालय जयपृथ्विी नगरलाई खेलकुदका सामाग्री र खेलाडी पोशाक दिएको छ ।

आज छबिस पाथीभेरा गाउँपालीका वडा नं. २ का वडा अध्यक्ष पविन्द्र बहादुर मण्डेलको प्रमुख आतित्यतामा विद्यार्थीहरुको लागी खेलकुदका सामाग्री हस्तान्तरण गरिएको हो ।

सत्यवादी माध्यमीक विद्यालयको प्रांगडमा गरिएको एक कार्यक्रमका बिच अध्यक्ष मण्डेलले विद्यालयका प्रधानाध्यापक समक्ष खेलकुदका सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद, सबैका लागी खेलकुद भन्ने मुल उदेश्यलाई मध्यनजर गर्दै सत्यवादी माध्यमीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागी भलीबल, टिसर्ट, प्रशिक्षक पोशाक लगायतका सामाग्री हस्तान्तरण गरिएको बताईएको छ । खेलकुद सामाग्री र पोशाक पाएपछि विद्यार्थीहरु खुशि भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार