केदारस्युँको १२ औँ गाउँसभा ‘हिउँदे अधिवेशन’ सम्पन्न

कार्यपालिकाले गरेका विभिन्न निर्णयहरु गाउँसभाबाट पारित

  आदर्ष रोकाया  322 पटक हेरिएको

बझाङ : जिल्लको केदारस्युँ गाउपालिकाको १२ औँ गाउँसभा तथा हिउँदे अधिवेशन आज सम्पन्न भएको छ । स्थानिय सरकार सञ्चालन परिच्छेद ४ को दफा १९ उपदफा ४ बमोजीम केदारस्युँ गाउँपालीकाको आर्थीक बर्ष २०७९, ८० को १२ औँ गाउँसभा तथा हिउँदे अधिवेशन आज आइतबार सम्पन्न भएको हो ।गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला  समन्वय समिति प्रमुख नरबहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो ।

गाउँ सभामा कार्यपालिकाले गरेका निर्णय, कार्ययोजना, कार्यविधि,नियम ऐनलाई प्रस्तुत गरिएको हो । उक्त सभामा अध्यक्षले गाउँभसभाको १२ अधिवेशन आह्वान गरिएको जानकारी, शुभकामना मन्त्व्य, समसामयिक बिषयमा छलफल, सुन्य समय र बिषेश समयको प्रयोग, अनाथ तथा टुहुरा बालबालीकालाई सामाजीक सुरक्षा कार्यक्रम संचालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येक २०७९, केदारस्युँ गाउँपालीकाको शिक्षा ऐन २०७४ लाई संशोधन गर्न बनेको विद्येक २०७९, स्वीकृतीका लागी प्रस्तुत, लेखा समितिको बार्षीक प्रतिवेदन, अनुगमन तथा सुशासन समितिको बार्षीक प्रतिवेदन, विद्यायक समितिको बार्षीक प्रतिवेदन, न्यायीक समितिको बार्षीक प्रतिवेदन प्रस्तुत गरिएको हो । कार्यापालीकाले गरेका कार्ययोजना, कार्यविधि, निति नियम, लाई १२ औँ गाउँसभाबाट पारित भएका छन् ।

गाउँसभालाई बिशेष सम्वोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले केदारस्युँ गाउँपालीकाको विकास निर्माण र समृद्धिका लागी जनप्रतिनिधीले अहम भुमिका खेल्ने विश्वास लिएको बताउनु भएको छ । उहाँले यो अधिवेशनको निति, ऐन, नियम कानुन बनाउनमा मुख्य भुमिका रहने भएकाले बनेका निति ऐनलाई दराजमा न थन्काएर त्यसमा लेखिएका अक्षरस पालना गर्दै समग्र पालीकालाई सुशासन र समृद्धि बनाउन सबैले लाग्नुपर्नेमा जोड दिनुभएको छ । आईतबार गाउँपालीकाको सभाहलमा सञ्चालन भएको गरिमामय गाउँसभामा, कार्यपालीका सदस्य, वडाअध्यक्षहरु, बिषयगत शाखाका कर्मचारी, स्थानीय, सुरक्षाकर्मी, सञ्चारकर्मी लगाएतको उल्लेखनिय उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार