बझाङ ः सुदूरपश्चिमको बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्रका अनुसार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो भने उक्त भूकम्पको धक्का कर्णाली प्रदेशका जिल्लाहरूमा समेत महसुस गरिएको छ । सदरमुकाम चैनपुरमा रहेको कृषि ज्ञानकेन्द्रको भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन भूकम्पले भत्काएको र अन्य क्षतिको विवरण भने हालसम्म नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


250 पटक हेरिएको 







