बझाङ : जिल्लाको केदारस्युँ गाउँपालिका– ९ स्थित भैरव माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । सोमबार केदारस्युँ गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै यहि माघ २६ गतेदेखि २८ गतेसम्म राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुन लागेको जानकारी दिएको छ ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संचालन निर्देशिका २०७० संशोधन अनुसार केदारस्युँ गाउँपालिकाको स्थानीयतह स्तरिय राष्ट्रपति रनिङ सिल्ड २०७९ को आयोजना गरिएको बताइएको छ । उक्त राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पालिका भरिका सम्पूर्ण सामुदायिक विद्यालयलाई सहभागी हुन सुचना मार्फत भनिएको छ ।



255 पटक हेरिएको 









