बझाङ : खप्तड छान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले समग्र पालिकाको विकास निर्माणका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार गरिएको १२ औं गाउँसभा (हिउँदे अधिवेशन ) समारोहमा बोल्दै अध्यक्ष रोकायाले यस्तो बताउनु भएको हो ।
उहाँले बाढी पहिरोले तहस नहस पारेको खप्तड क्षेत्रको विकास र समृद्धिका लागि केन्द्रिय सरकार संग पटकपटक डेलिगेसनमा गएर पहल भईरहेको पनि बताउनुभयो ।
यस्तै गाउँपालिकाको बिकास निर्माणका लागि गैरसरकारी निकायहरुको साझेदारीका लागि समेत ध्यानमा राखी हातेमालो गरिरहेको समेत अध्यक्ष रोकायाले बताउनु भयो । पालिकाको विकास र समृद्धिका लागि अनावस्यक विरोध गर्नु भन्दा पनि सबैले रचनात्मक सल्लाह दिन पनि उहाँले आग्रह गर्नुभएको छ ।
यस्तै हिउँदे अधिवेशनमा आर्थिक बर्ष २०७९/८० मा हाल सम्म सम्पादन गरेका कार्यहरुको समिक्षा गरिएको छ । भने कार्यक्रमको प्रारम्भिक प्रतिवेदन र कार्यपालिकाले गरेका विभिन्न निर्णयहरु पनि पास गरिएको गाउँपालिका सुचना अधिकारी ऐन रोकायाले जानकारी दिनु भयो । उहाले हिउँदे अधिवेशनमा ऐन नियम र कानुनको निर्माण र संशोधन गर्ने र केही महत्वपुर्ण निर्णय समेत गरिने भएकाले यसलाइ विशेष महत्वका साथ लिइने बताउनु भयो । स्थानिय सरकारको विधान, अधिवेशनका रुपमा लिइने बताउनु भयो ।
यो संगै गाउँपालिकाको विकासका लागि स्थानिय सरकारले गरेका प्रयासहरुका बारेमा समीक्षा सहित आगामि दिनमा चाल्नुपर्ने कदमका बारेमा समेत छलफल भएको छ । यस्तै गाउँसभामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहराले स्थानिय सरकार नागरिकको घरदैलोको सरकार समेत भयकाले विकासका निम्ति सबैको साझा प्रतिबद्धता आवश्यक भएको बताउनु भएको छ ।
खप्तडछान्ना गाउपालिका अध्यक्ष उत्तम बहादुर रोकायाको अध्यक्षतामा भएको १२ औं गाउँ सभा ( हिउँदे अधिवेशन ) शुक्रबार गाउँपालिकको सभाहल पसलबगरमा विभिन्न ९ वटा विधेयक पास गरि हिउँदे अधिवेशन सम्पन्न भएको हो ।


1402 पटक हेरिएको 







