बझाङ : जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाको आयोजनामा संचालित ३ दिने निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । उक्त शिविरमा पालिकाका तीन वटा स्वास्थ्य चौकीबाट ८ सय ७ जनाले सेवा लिएका छन् । छबिस पाथीभेरा गाउँपालीकाको आयोजना, नेपाल नेत्र ज्योती गेटा अस्पताल कैलाली र आँखा उपचार केन्द्र बझाङको प्रावीधीक सहयोगमा २८ गतेबाट निशुल्क आँखा शिविर सञ्चान भएको थियो ।
जसमा कोटचौघानपाट स्वास्य चौकीबाट ३ सय १८.जनाले सेवा लिएका छन् जसमा २७ जनामा आँखाको मोतिबिन्दुको समस्या देखिएको छ । भने छबिस पाथीभेरा गाउँपालीका वडा नं. ६ को लेकगाउँ स्वास्य चौकीबाट ३ सय १५ जनाले चेकजाँच गराएका छन् ।
जस मध्ये २२ जनाको मोतीबिन्दुको समस्या रहेको छ । यस्तै वडा नं. १ को बगडगाउँ स्वास्थय चौकीबाट १ सय ७४ जनाले सेवा लिएको र १४ जनामा मोतिबिन्दुको समस्या देखिएको छबिस पाथीभेरा गाउँपालीका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष करनजंग बहादुर सिंहले बताउनु भयो । प्रवक्ता सिंहका अनुसार आँखाका बिरामीको चेकजाँच तथा उपचार गरिएको छ । गाउँघरमै निशुल्क आँखा शिविर सञ्चान भएपछि स्थानीयहरु खुशि भएका छन् ।


269 पटक हेरिएको 









