बझाङ : जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाले आफ्नो ११ औं गाउँ सभा सभ्य र भव्य रुपमा समापन गरेको छ । पालिकाले आर्थिक बर्ष २०७९/८० को गाउँसभा ( हिउँदे अधिवेशन) समारोहको मंगलबार समापन गरिएको हो । आर्थिक बर्ष २०७९/८० को बजेट कार्यान्वयन तथा प्रगति समिक्षा योजना, कार्यक्रमको संशोधन र गाउँ कार्यपालिका बाट निर्मित विभिन्न नियमावली तथा कार्यविधि हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको छ ।
पालिकाको १२ वटा बैठक बसि विभिन्न समिती गठन गरि कार्यविभाजन सम्पन्न गरिएको छ । कार्यपालिकाले विविध सेवा प्रवाह तथा कार्यक्रम कार्यान्वयनका लागि विभिन्न कार्यविधि निर्देशिका मापदण्ड तथा नितिनिर्माण गरिएको छ । साथै १० औं गाउँसभाबाट पारित योजना तथा कार्यक्रम प्रचलित ऐनकानुनको अधिनमा रहि संशोधन गरिएका छन् । गाउँ कार्यपालिका बाट निर्मित कार्यविधीहरु र संशोधित योजनाहरु सम्मानित सभामा पेश गर्ने अनुमति माग्दै छबिस पाथिभेरा गाउँपालिका उपाध्यक्ष लछिमन बोहराले प्रस्तुत गर्नुभएको हो ।
कार्यपालिकाबाट स्वीकृत कार्यविधि तथा निर्देशिकाहरु :
– लैंगिक समानता तथा सामाजिक समावेशिकरण नीति (२०७९)
– बालविवाह अन्त्यका लागि गाउँपालिका स्तरीय कार्ययोजना (२०७९)
– विपद व्यवस्थापन ( विपद राहत वितरण सम्बन्धि मापदण्ड (२०७९)
– स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि (२०७९)
– गाउँ शिक्षा नियमावली (२०७५) पहिलो संशोधन (२०७९)
– हाटबजार संचालन निर्देशिका (२०७९)
हिउँदे अधिवेशनबाट संशोधन गर्नुपर्ने योजनाहरु :
-२०७९ असार १० को गाउँसभाबाट पारित योजना ।
– पुस्तकालय निर्माण छबिस – १ मा ।
– बगडगाउँ ईपिसी बाटो तथा सिचाइ कुलो निर्माण ।
– दैनिक प्रकोप तथा भईपरी आउने कृषि अवलोकन तथा भ्रमण अवधी, संस्कार, पत्रपत्रिका छपाई तथा अन्य विविध छबिस- १ मा ।
– गुरेल्थुम बाठपाला मन्दिर निर्माण तथा बाटो पिटिसी ।
– मानवतवादी शान्ति बिकास समाज छबिस-२
– बेताल कृषी मल्टिएग्रो छबिस – २
– शिशु आधारभुत विद्यालय खानेपानी योजना तथा विद्यालय व्यवस्थापन छबिस – २
– केउला सिचाइ कुलो निर्माण छबिस-२
– डुंग्री देखी काठिमा सम्म बाटो निर्माण ।
– शिल्का धारा निर्माण ।
– सोतिगाउँ मन्दिर निर्माण ।
– सागरकोट मष्टा मन्दिर निर्माण तथा घ्यानाउला पिक्निक स्पोर्ट्स छबिस- ४
– खोरिगाड लघुजल विद्युत योजना र गमलागाउँ पोल खरिद ।
– जनता अधारभुत विद्यालयको शौचालय निर्माण, मर्मत ।
– चन्द्रोदय मावी फिल्ड निर्माण, गेट निर्माण ।
– पासिक सिचाइकुलो पानीखोला निर्माण ।
– नौरा, बुडखोरी सडक स्तरोन्नति छबिस- ७
– पानीछडा गाउँटोल खानेपानी मर्मत छबिस- ७
– शिल्का झुटेरा बाटो मर्मत ।
– झुटेरा क्रिया घर निर्माण ।
उपाध्यक्ष बोहराले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७९/८० संशोधित बजेट तथा विभिन्न कार्यक्रमलाई गाउँसभाका सदस्यहरुले सर्वसम्मत पारित गरेका छन् ।
लेखापाल मुकेश कुमार थापाले आर्थिक बर्ष २०७८/७९ को महालेखाको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै : आर्थिक नियमावली विपरीत गरिएको काममा बेरुजु देखाएका बिषयहरु उपभोक्ता समितीमा धेरै नआएको र यो बर्ष पुँजीगतमा बेरुजुमा कमि आएको बताउनु भयो । बाल्लेचौर खेलमैदान तथा पार्क व्यवस्थापनमा हुनुपर्ने दर अनुसार नभएको भनेर ३५ हजार ५ सय ९५ रुपैयाँ बेरुजु निकालेको छ । मल्लाघर तारबारमा ३८ हजार ६ सय ९६ रुपैयाँ बेरुजु आएको छ । यस्तै उरै सुर्मा स्टेसनरी अर्डर एण्ड सप्लायर्सको नियमित, कोटेशन राख्नुपर्ने ९ लाख ५९ हजार २ सय बेरुजु आएको छ । छबीस पाथिभेरा गाउँपालिकाको असलकार्यको भिडियो डकुमेन्ट्री मानवता विकास सञ्चार समुहले लिएको १० लाखमा कोटेशन समेत पेश नभएको भनेर नियमित गर्नुपर्ने बेरुजुमा १० राखिएको छ ।
एकथान (एचडी) क्यामेरा जिन्सी दाखिला नभएको १ लाख ८० हजार बेरुजु देखाएको छ । यस्तै वडागत रुपमा १ देखी ७ वडासम्ममा विभिन्न खरिद सामाग्रीहरुमा १२ लाख ६३ हजार ९ सय २ रुपैयाँ बेरुजु आएको छ । जसमा वडा सिफारिस नभएको, कुनै ठाउँमा जेन्सी दाखिला नभएको, कुनैठाउँमा मागफारम खरिद आदेस दाखिला र परेकोको स्थिति एकिन नभएको हो । यस्तै देउवाँज मन्दिर घेरबार कार्यका गाली उपभोक्ता समिति गठन नगरी व्यक्तिगत रुपमा भुक्तानी भएको भन्दै २ लाख रुपैयाँ बेरुजु आएको पनि महालेखाको तथ्यांकमा छ । त्यस्तै कुटानी पिसानी र हाते ट्याक्टरको ५० प्रतीशत अनुदानमा २ लाख ४८ हजार ५ सय नियमित गर्नुपर्ने बेरुजु देखाएको छ ।
संघीय बजेटको मर्म अनुसार ७ हजार भएका ईसिडी कलाशला र विद्यालयका कर्मचारीलाई १५ हजार पुर्याएको र त्यसमा समानिकरणबाट विनियोजन हुनुनपर्ने र नियमित गर्नुपर्ने भनेर महालेखाले १ करोड १० लाख रुपैयाँ बेरुजु देखाएको छ । आफ्नो समपरिक्षणको प्रक्रियामा पनि रहेको बताइएको छ । यस्तै राष्ट्रपति शैक्षिक सुधारमा १ करोड ९८ लाख रुपैयाँ आएको र जसमा समग्रमा समयमै विद्यालय निर्माण नभएको कारणले राष्ट्रपति शैक्षिक सुधारमा नियमित गर्नुपर्ने बेरुजु देखाएको छ । कतिपय विद्यालय बनिसकेका छन् भने कतिपय विद्यालयमा बन्ने चरणमा रहेकाले यो पनि आफ्नो सम्परिक्षणका लागि प्रतिक्रियामा महालेखामा पठाएको,र केही फच्र्याउट हुन बाँकी रहेको जम्मा ४ करोड १५ लाख २० हजार बेरुजु देखाएको छ । जसमा असुल उपर गर्नुपर्नेमा ७ लाख भन्दा माथी नरहेको बताउँदै लेखापाल थापाले महालेखालाई प्रतिक्रियाका लागि प्रतिवेदन पठाएकाले यो वास्तविक नभएको र चैत महिनामा महालेखाको प्रतिवेदन राष्ट्रपतिद्वारा प्रमाणीकरण भैसकेपछी मात्रै बेरुजुको वास्तविक रुपमा आउने गरेको बताउनु भयो ।
लेखापाल मुकेश कुमार थापाले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७८/७९ को महालेखा प्रतिवेदन सभाका पार्शदहरुले पारित गरेका छन् ।
छबिसपाथिभेरा -७ का वडा अध्यक्ष बिजय धामी :
हिउँदे अधिवेशनमा बचेको बजेट र म्याचिङ फण्डको बजेटबाट जनसमुदायका सानासाना समस्याहरु हल गर्दै जाने छौँ भन्नेमा सहमति भएको र कार्यपालिकाले निष्कर्ष निकालेको बताउनु भयो । आफ्नो वडाको हकमा कृषि रहेको बताउँदै उहाँले सबै एकजुट भएर कृषिक्षेत्रलाई प्राथमिकता दिएर सिंगो पालिकालाई पनि आर्थिक समृद्धको रुपमा सहयोग पुग्ने आशा रहेको बताउनु भयो ।
छबिसपाथिभेरा -४ का वडा अध्यक्ष अम्मर बहादुर थापा :
“गाउँगाउँ टोलटोलबाट योजना छनोट गरेर हामिलेनै पारित गरेका हौं” र आज यो अधिवेशनमा गयो । उहाँले भन्नुभयो । अझ हामी यसैमा कन्फ्युज भएका छौँ । गल्ती हाम्रै हातबाट भएको हो भन्दै एउटा वडामा कोहि १ लाख, कोहि पचास हजार र कोहि २० हजार सम्मका १५ देखि ३० जति योजना बनाएको छ । यो योजना नभई चुनावमा भोट माग्दा आश्वासन दिएको हुँदा चित्त बुझाउन गरिएको उहाँको भनाइ छ । फेरिपनी यहि सभाले बजेट बाँड्ने भएकाले आगामी योजना एकवडामा कम्तीमा ३ देखि ४ सम्म छनोट गर्नुपर्ने अध्यक्ष थापाले बताउनु भयो ।
छबिसपाथिभेरा-६ का वडा अध्यक्ष गजेन्द्र बुढा :
पालिकालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बिषयमा सबै मिलेर अगाडी बढ्नु जरुरी रहेको छ । समग्र पालिकामा विकास निर्माणका काममा आफू तत्पर रहेको उहाँले बताउनु भयो ।
छबिसपाथिभेरा गाउँपालिका प्रवक्ता एवं वडा – १ का वडा अध्यक्ष करनजंग बहादुर सिंह :
यो बर्ष बजेट ल्याउँदाखेरी समय छोटो भएका कारण ठूलो बजेट ल्याउन नसकिएको बताउनु भयो । उहाँले अर्को बर्ष सबै वडाहरुमा ठुलाठुला योजनाहरु बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । आफुले एउटा योजना पनि कार्यकर्तामुखी, व्यक्तिगत योजना कसैलाई नदिएको अध्यक्ष सिंहले बताउनु भयो । गाउँपालिकाका सबै वडा अध्यक्ष लगायत जनप्रतिनिधिले गरेका उदाहरणीय काम कर्तव्यको मुल्यांकन गर्दै आफ्नो टिम राम्रो बनेको र यो बर्ष जे-जस्तो भएपनि अर्कोबर्ष विवादित नभएर सबैको सुझाव सल्लाहको आशा अपेक्षा गर्नुभएको छ । प्रत्येक गाउँगाउँमा, घरघरमा गएर स्वास्थ्यमा जोड दिंदै महिलाहरुको भिडियो एक्सरे गरेको, कृषकहरूको लागि मल वितरण तथा ढुवानी सेवामा अनुदान,१ देखी ७ सम्म नुन र मल गाउँपालिकाबाट निशुल्क ढुवानी गरिदिएको उहाँले जानकारी दिनुभयो । यस्तै कुनैठाउँबाट किनेर ल्याएको योजनाको प्राविधिक स्टमेट अनुसार काम सम्पन्न नभई सम्पन्न भएको सिफारिस नदिने उहाँले बताउनु भयो । गाउँपालिका अध्यक्ष, उपाध्यक्षले वडामा हस्तक्षेप गर्छ भने त्यही दिन राजीनामा दिने बताउनु भएको छ ।
गाउँसभाका सभाध्यक्ष एवं छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउने सभालाई सम्बोधन गर्दै :
देश र जनताको लागि अहिलेको व्यवस्था परिवर्तनको लागि विभिन्न आन्दोलनमा ज्यान गुमाउनुहुने, आहुती दिनुहुने ज्ञात् अज्ञात शाहीदहरु प्रती श्रद्धाञ्जली व्यक्त गर्दै केहिदिन अघि ट्याक्टर दुर्घटनामा परि ज्यान गुमाउनुहुने छबिस पाथिभेरा गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष झलक धामीका भाई र जनज्योति प्राविका कार्यालय सहयोगी प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । “११ औं हिउँदे अधिवेशन सम्पन्न गर्ने दौडनमा धेरै चुनौती र अभिभारा भएका छन् । सामाजिक न्याय सहितको समाज रुपान्तरण गर्नुपर्ने एउटा अभिभारा छ भने हामी संग भएको सानो स्रोतले मान्छेका धेरै अपेक्षाहरु छन् । तिनलाई कसरी समाधान गरेर लैजाने? भन्ने अर्को हामीसंग चुनौती रहेको छ ” उहाँले भन्नुभयो । शिक्षामा न्युनतम गुणस्तर कसरी ल्याउन सकिन्छ ? स्वास्थ्यको क्षेत्रमा जनतालाई न्युनतम सेवाहरु कसरी पहुँचमा पुर्याउन सकिन्छ । त्यसको साथै समाजमा भएका विभेदहरुलाई कसरी अन्त्य गर्न सकिन्छ ? यी धेरै बिषयहरु हाम्रा बिचमा चुनौती छन् । यस्तै हाम्रो विकट गाउँपालिका भएका कारणले पनि भौतिक पुर्वाधार निर्माण गर्नुपर्नेपनी अर्को समस्या छ । राष्ट्रिय प्रशारण लाईन विकासको निम्ति अभिभारा भएको हुँदा सबैठाउँमा राष्ट्रिय प्रशारण लाइन कसरी छिटो छरितो पुर्याउन सकिन्छ र हामी भाँडे बजार देखि गाउँपालिका सम्म आउँदा धुल्लाम्मे सडकले लुगानै चेन्ज गर्नुपर्ने जुनबाटो छ त्यसलाई कसरी कालोपत्रे र स्तरोन्नति गर्न सकिन्छ । र छबिस पाथिभेरा गाउँपालिकामा भएको उत्पादन क्षेत्रलाई बढाएर रोजगारी कसरी सिर्जना गर्न सकिन्छ, सानासाना उद्योग पनि कसरी सञ्चालन गर्न सकिन्छ र यो गाउँपालिकालाई संयुक्त बनाउन कसरी सकिन्छ भन्ने बिषय हाम्रो सामु विभिन्न चुनौती छन् । यी विभिन्न चुनौतीका माझमा हामी गाउँपालिकालाई ५ बर्षसम्म कतातिर लैजाँदै छौँ त ? हाम्रो मुल लक्ष्य के हो त ? भन्ने दृष्टिकोणमा सोच्नु अनिवार्य छ ।
हामी जनताका जनप्रतिनिधि हौं । जनताले छबीसपाथिभेरा गाउँपालिकालाई र जनताका दु:खसुखहरु सम्बोधन गर्लान् । जनताका समस्या बुझ्लान् भन्ने दृष्टिकोणले हामिलाई निर्वाचित गरेर यो ठाउँमा पुर्याएका हुन् । हामिले बिर्सनु हुँदैन । हामी के लागि यो ठाउँमा आएको हौं भन्ने कुराहरू बिर्सन नहुने उहाँले बताउनु भयो । आफ्नो पाँच बर्षे कार्यकाल जुन यो महत्त्वपूर्ण समय जनताले सुम्प्याउनु भएको छ । यो समयलाई सकारात्मक ढंगले सदुपयोग गरौं उहाँले भन्नुभयो । साथै उहाँले गाउँसभाका सदस्यहरुलाई पालिकाका झुपडिमा बस्ने जनताहरु माझ पुग्न पनि अनुरोध गर्नु भएको छ । झुपडीमा बस्ने सामान्य गरिब जनताहरु, टुहुरा बालबालिकाहरु, एकल महिला, पछाडि परेका परिवार, विभिन्न आन्दोलनबाट घाइते भएका शाहीद परिवारका आमाबाबु र त्यहाँ भएका बालबालिकाको वास्तविक अवस्था बुझ्ने बताउनु भयो । गाउँमा खानेपानीको समस्या भएको छ भने त्यसलाई उजागर गर्नेमा पनि उहाँको जोड रहेको छ ।
छबिसपाथिभेरालाई समृद्ध गाउँपालिका बनाउनको निम्ति के गर्न र त्यसका आधारहरु केके हुनसक्छन् भन्ने बिषयमा सामुहिक छलफल तथा कोडिनेशन् गरेर अगाडी बढ्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
भाँडेबजार देखि गाउँपालिका हुँदै जयपृथ्वी नगरसम्म कालोपत्रे गर्ने र यहाँ भएको उत्पादन क्षेत्रलाई अगाडि बढाउने कार्यपालिकाको पहिलो निर्णय रहेको पनि बताउनु भयो । साथै पालिकाका विभिन्न ठाउँमा रहेका एकल महिलाहरु, टुहुरा बालबालिकाहरुका लागी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र कार्यक्रमहरु जारी रहेको पनि उहाँले बताउनु भयो । विद्यालय, स्वास्थ्य लगायतका क्षेत्रमा जनचेतनामूलक, महिला सशक्तीकरणहरुका कार्यक्रम गरिने, २ बर्ष भित्र पालिकाको सबैठाउँमा राष्ट्रिय प्रशारण लाइन विस्तार गर्ने, आर्थिक बर्ष २०८२ सम्ममा बालबिवाह मुक्त गाउँपालिका घोषणा गर्ने, रोजगार सृजना गर्ने, स्थानीय उत्पादन क्षेत्रलाई बढाउँदै गाउँपालिकालाई उत्पादनको क्षेत्रमा पहिचान बनाउने, रैथाने बालिहरु संरक्षण गरेर अगाडि बढ्ने बिषयलाई प्राथमिकतामा राखेको पनि उहाँले बताउनु भयो । कार्यक्रमको अन्तमा उहाँले जनताले हामी जनप्रतिनिधिलाई आफ्ना समस्या, दु:खसुख बुझिदेलान् भनी निर्वाचित गर्नुभएको र हामिले जनताका साझा आवस्यकता परिपुर्ति गर्नेगरी, त्यि समस्याहरुलाई टार्नेगरि सबैले आ- आफ्नो महत्त्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने र आफू पनि जनताका लागी कठिबद्व हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।


416 पटक हेरिएको 









