बझाङ पौष २० गते ः जिल्लाको छबिस पाथीभेरा गाउँपालीकाले राष्ट्रिय परिचय पत्र बनाउन सुरु गरेको छ । आजबाट गाउँपालीकाको वडा नं. १ र २ मा राष्ट्रिय परिचय पत्र बनाउन सुरु गरेको हो । आजै २ नं. वडाका २७ महिला र १८ जना पुरुष गरि जम्मा ४५ जनाले राष्ट्रि पत्र लिएका छन् ।
भने वडा नं. १ बाट महिला ३५ र पुरुष ३० जना गरि जम्मा ६५ जनाले राष्ट्रिय परिचय पत्र लिएको छबिस पाथीभेरा गाउँपालीकाका वडा नंं. २ का अध्यक्ष पविन्द बहादुर मण्डेलले जानकारि दिनुभयो ।
केहि दिन राष्ट्रिय परिचयपत्र बितरण गर्ने अभियान अन्र्तगत गाउँपालिकामा रुजु अधिकारिको तालिम तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी अन्तरक्रिया गरिएको थियो ।
उक्त कार्यक्रम मार्फत एक हप्ता भित्र प्रत्येक वडामा विवरण संकलन गर्ने टोलि खटाईने भनिएको भएपनि वडा नं. १ र २ मा राष्ट्रिय परिचयपत्र बितरण सुरु गरिएको बताईएको छ ।


956 पटक हेरिएको 







