बझाङ : खप्तड छान्ना गाउँपालीका-४ पसलबगर स्थित संगम बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर रोकायाको अध्यक्षतमा संचालन भएको साधारण सभा कार्यक्रममा गाउँपालीका अध्यक्ष उत्तम बहादुर रोकाया प्रमुख अथिती रहनुभएको थियो । भने विशिष्ट अथिती निर्वतमान अध्यक्ष बर्क बहादुर रोकाया रहनु भएको थियो ।
उक्त साधारण सभामा सहकारीको आर्थीक प्रतिवेदन प्रस्तुत गरिएको छ । सहकारीको प्रतिवेन व्यवस्थापक सकुन्तला खत्रिले प्रस्तुत गर्नु भएका हो । यस्तै संस्थाको प्रगति प्रतिवेद लेखा समिती संयोजक शिद्धराज खत्रिले गर्नुभएको थियो । कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले संस्थाको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नु भयो ।
निर्वतमान गाउँपालिका अध्यक्ष र वडा नं. ४ का वडा अध्यक्ष ईश्वर बहादुर रोकायाले पनि शुभकामना व्यक्त गर्नुभएको छ । भने संस्थाका अध्यक्ष खत्रिले आफनो भनाई राख्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।


1136 पटक हेरिएको 









