बिश्व खाद्य कार्यक्रम अन्र्तरगत दिवा खाजा कार्यक्रमको अनुगमन

  खप्तड समाचारदाता  331 पटक हेरिएको


बझाङ । जिल्लामा बिश्व खाद्य कार्यक्रमको दिवा खाजा कार्यक्रम लागु भएका दुई वटा बिद्यालयको अनुगमन गरिएको छ । दिवा खाजा कार्यक्रम लागु भएका जिल्लाको केदारस्युँ गाउँपालिका – ९ लोतुमा रहेको जवा आधारभुत बिद्यालय र थलारा गाउँपालिका – ९ मालुमेलामा रहेको चक्रेश्वर माबिमा अनुगमन गरेको हो ।

अनुगमन कार्यक्रममा बिद्यालयमा दिवा खाजा कार्यक्रमको प्रभाबकारिता , प्रारम्भीक तह पढाई कार्यक्रमको उपलब्धी, बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमले पारेको प्रभाबमा आधारित अनुगमन कार्यक्रम गरेको हो । अनुगमनका क्रममा बिद्यालय ब्यवस्थापन समिती , खाजा ब्यवस्थापन सममती , शिक्षक अभिभावक र बिद्यार्थी संग अन्र्तरक्रिया कार्यक्रम समेत गरेको छ । अनुगमनका पछि बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले शैक्षिक गुणस्तर सुधारका लागी सरकारको साझोदारीमा बिश्व खाद्य कार्यक्रमले बिद्यालयमा गरेका कार्यक्रमहरु उपलब्धीमुलक भएको समेत बताउनुभयो । उहाँले बिगतको अबस्था हेर्दा अहिले शिक्षा क्षेत्रमा निकै सुधार भएको बताउँदै शिक्षाको गुणस्तर सुधारका लागी सबै पक्षबाट लाग्नुपर्ने समेत बताउनुभयो । जिल्लाको केदारस्युँ – ९ को दलित बस्तीमा रहेको जवा आधारभुत बिद्यालयको भौतिक अबस्था कमजोर रहेको बताउँदै यसलाई सुधार गर्नका लागी स्थानीयले माग समेत गरेका छन् ।

जिल्ला समन्वय समितीका प्रमुख नरबहादुर बोहराको नेतृत्वको टोलीमा अनुगमन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जिल्ला प्रहरी कार्यालयका ईनिस्पेक्टर रमेश अबस्थी , नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष शैलेन्द्र रोकाया , बिश्व खाद्य बझाङ प्रतिनिधी राजेन्द्र रसाईली ,जिल्ला शिक्षा समन्वय इकाईका कार्यलय प्रमुख सुरेन्द्र कठायत साईपाल बिकास समाजका अध्यक्ष कबिन्द्र खड्का लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो । टोलीले कार्यक्रमको सुधारका लागी सुझाव समेत दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार