बझाङ : कृषी कार्यक्रमको प्रभावकारी कार्यान्वय समन्वय सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार कृषी बिकास निर्देशनालय डोटीको आयोजनामा जिल्लामा कृषी क्षेत्रमा भएका कार्यक्रमहरुको प्रस्तुती र त्यसको प्रभावकारिताका बारेमा गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख , पालिकाका कृषी शाखा प्रमुख , जिल्लाका अगुवा कृषक र सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रमामा कृषीमा सरकारले लगानी बढाई रहेको बेला कृषीका कार्यक्रमहरुको प्रभाबकारी कार्यान्वयन र त्यसको अनुगमनमा जोड दिइएको छ । कार्यक्रममा सहभागीहरुले कृषी लक्षित कार्यक्रमकहरु वास्तबिक किसान सम्म नपुगेको बताउँदै अगामी दिनमा यसको योजना तर्जुमा प्रकृयालाई फरक ढंगले गर्नु पर्ने बताएका छन् ।
कार्यक्रममा सहभागी स्थानीय गोकुल उपाध्यायले बर्षेनी कृषीका कार्यक्रम एकै व्यक्तिले अनुदान लिने तर काम नगरि बजेट पचाउने प्रक्रियाले कृषी क्षेत्रमा सरकारले अपेक्षा गरे अनुसारको उपलब्धी हाँसिल गर्न नसकिएको बताए । कार्यक्रममा बोल्दै कृषी ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले पछिल्लो समयमा जिल्लामा कृषी लक्षित कार्यक्रमको प्रभावकारीता र उपलब्धी देखिएको बताए । उनले बझाङ जिल्ला अहिले आलुमा आत्म निर्भरको बाटोमा रहेको बताउँदै जिल्लामा गएको बर्ष देखि सबै भन्दा आलुमा राम्रो उपलब्धी देखिएको समेत बताएका छन् ।
एकदिने अन्तरक्रिया कार्यक्रममा कृषी विकास निर्देशनालय डोटीका केशब पाण्डेले प्रदेश तथा संघबाट आएका कृषी लक्षित कार्यक्रमहरुको कार्य पत्र प्रस्तुत गर्नु गरेका थिए । त्यसै गरि जिल्ला कृषी ज्ञान केन्द्र , जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाले समेत कार्य पत्र प्रस्तुत गरेको थियो ।


263 पटक हेरिएको 









