पुर्ण खोप दिगोपना र सरसफाइ प्रवर्द्धन सम्बन्धि स्थानीय तहका प्रमुखसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बझाङ : जिल्लामा पुर्ण खोप दिगोपना र सरसफाइ प्रवर्द्धन सम्बन्धि स्थानीयतहका प्रमुखहरु संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ शाखाका प्रमुखहरु उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्लाको खोपको अवस्था , सुधार गर्नका लागि स्थानिय जनप्रतिनिधिहरुको भुमिका र सरसफाइ प्रवर्द्धनका लागि अपनाउने विधि र स्थानिय तहाको प्रतिबद्धताका विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रम जिल्लाका अधिकान्श पालिकाका बस्तिहरुमा अझै पनि पुर्ण खोपको सुनिश्चितता नभै सकेकाले यसमा सुधार गर्नुपर्ने सहभागिले जोड दिएका थिए । जिल्लालाई २०७२ पौष १२ गते पहिलो पटक जिल्लालाई पुर्ण खोप घोषणा गरेको थियो भने यस कार्यलाइ बर्सेनि निरन्तरता दिंदै आएको भए पनि अझै पनि जिल्लाका सबै बालबालिका पुर्ण खोपको पहुँचमा पुग्न सकेका छैनन् ।

कार्यक्रममा सहभागीहरुले जिल्लामा खोपको पहुँच अझै बढाउनका लागि प्रचार प्रसारलाइ विशेष जोड दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले बताउनुभयो । उहाँले खोप कार्यक्रमलाई प्रभाबकारी बनाउन सबैको उत्तिकै भुमिका रहने हुदा खोप कार्यक्रमको नियमित अनुगमन र निगरानी बढाउनु पर्ने समेत उहाँले बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख भानु जोशिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक दिपक ऐडिले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार