बझाङ : कैलालीको अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–२ बसपार्कमा कलक जप्रेलले संचालन गरेको नबिन होटलबाट चरेस सहित बझाङ् दुर्गाथली गाउँपालिका–७ काँडा बस्ने ३६ बर्षीय यम राज दौल्याल पक्राउ परेका हुन्।
उनलाई होटलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका दौत्यालको साथबाट चरेश जस्तो देखिने कालो बस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।


846 पटक हेरिएको 








