केदारस्युँकाे भाडिकाेटमा बन्दैछ सौर्य मिनिग्रीड पावर हाउस, सयौं घर बिजुली बाल्न पाउने

बझाङ : जिल्लाको केदारस्युँ गाउँपालिका -३ भाडिकोटमा निर्माण हुन लागेको सौर्य मिनिग्रीडको पावरहाउसको उद्घाटन गरिएको छ । सोमबार गाउँपालिका अध्यक्ष गणेश बोहराले उक्त पावर हाउसको शिलान्यास गर्नुभएको हो ।

नेपाल सरकार उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र केदारस्युँ गाउँपालिकाको साझेदारीमा भाडिकोटमा ५५ किलोवाट क्षमताको सौर्य मिनिग्रिडको पावर हाउस निर्माण हुन लागेको छ ।

पावर हाउस शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष बोहराले नेपाल सरकार उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र केदारस्युँ गाउँपालिकाको साझेदारीमा निर्माण हुन लागेको सौर्य मिनिग्रीडको पावर हाउसबाट करिब  २ सय ५० घरधुरी लाभान्वित हुने बताउनु भयो ।

सोमबार केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहरा, प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्याय, गाउँपालिका इन्जिनियर, वडा अध्यक्ष, निर्माण कम्पनीका इन्जिनियर लगायत स्थानीय उपभोक्ता समितिको उपस्थितिमा निर्माण कम्पनि सौर्य IBEJA जेभीद्वारा पावर हाउस निर्माण सुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार