बझाङमा अटो दुर्घटना हुँदा ४ जना घाइते

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका – ४ गोलाइमा अटो दुर्घटना भएको छ । सदरमुकाम चैनपुरबाट गोलाईतर्फ जाँदै गरेको ०१००१ ह ४९२८ नम्बरको अटो आज बिहान दुर्घटना भएको हो ।

अटोको अगाडिको चक्का फुत्किएर गोलाइ नजिकै ढाक्रेखोलामा दुर्घटना भएको बताइएको छ । अटो दुर्घटनामा परि ४ जना घाईते भएका छन् ।

घाइतेहरुको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार