बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउपालिका–३ शान्तिकोट गोठालाचौकामा सोमबार साँझ साढे ७ बजे ट्याकटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । बझाङ प्रहरीका अनुसार मृत्यु हुनेमा चालक छबिसपाथिभेरा–५ का मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन् । सोही ट्याक्टरमा सवार धर्म धामी भने सकुशल रहेका छन् । झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको ट्याक्टर उकालो सडक भएकाले पछाडि सर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


925 पटक हेरिएको 









