बझाङ : चैनपुर देखि लिमखोला जोड्ने सडक खण्ड अन्तर्गत पातालचौर हुँदै बोसौना बजारासम्मको सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ ।
पातलचौर – बिसौना सम्मको सडकको स्तरोन्नति गर्ने कार्य तीव्र रुपमा अगाडि बढाइएको छ । आज (सोमबार) छबिस पाथिभेरा गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउनेले सडकको उद्घाटन गर्दै प्रारम्भिक चरणको काम शुरु भएको बताउनु भयो ।
छबिस पाथिभेरा गाउँपालिका-३ पातलचौर देखि वडा- ६ बिसौना बजारसम्मको करिब २१ किलोमीटर रहेको सडक चौडा गरिने भएको छ । उक्त सडक खण्डको १० मिटर चौडा गरिने अध्यक्ष चलाउनेले बताउनु भयो ।
अध्यक्ष चलाउनेका अनुसर पहिलो चरण अन्तर्गत उक्त सडकका दायाँबायाँ खन्ने कार्य शुरु भइसकेको छ र सडकको दायाँबायाँ पर्ने रुखको कटानी गर्ने, विद्युतका खम्बा सार्ने लगायतका अन्य कामका लागि प्रक्रिया अघि बढाइएको छ ।
२०७९ असार ३१ गते सम्झौता भएको पातलचौर देखि बिसौना बजार सम्मको सडक निर्माणको ठेक्का दिव्या जोति कन्ट्रसक्न धादिङले पाएको छ । कन्स्ट्रक्सनले करिब २१ करोडको लागतमा निर्माण गरिरहेको उक्त सडक बिस्तार कार्यको अबधि तीन बर्षको रहेको चैनपुर – ताक्लाकोट सडक योजना प्रमुख तुलाराम जोशिले बताउनु भयो ।


158 पटक हेरिएको 









