बझाङ : महिला कानुन बिकास मञ्चको आयोजनामा महिला सम्बन्धि संबैधानीक कानुनी तथा मानब अधिकारको संरक्षण र सम्बद्धर्धन, महिला बिरुद्धका बिभेदकारी कानुनहरुको संसोधन महिलाको अधिकारका साथै सार्बजनीक सरोकारका बिषयहरु लैङगिक न्याय प्राप्ती गर्नका लागी शुक्रबार एक औपचारीक कार्यक्रम गरएिको छ । सुपर परियोजना अन्तर्गत युएनडिपी, युनिसेफ, युएनओमन को सहयोगमा उक्त कार्यक्रम गरएिको हो ।
विपद्को समयमा महिला बालबालिका तथा अपांगता भएका व्यक्तिहरु लाई बढि समस्या हुने गरेको र बिभिन्न हिंसामा पर्ने भएकाले के कसरी व्यबस्थापन र कस्ता सामा्रगीहरुलाइ कसरी व्यबस्थापन गर्न सकिन्छ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद बहादुर चन्द, नगर विपद व्यवस्थापन समितीबाट रामचन्द्र धामी, राष्ट्रिय विपद तथा व्यवस्थापन प्राधिकरणबाट GEDSI सम्पर्क व्यक्ति रिना चौधरीले प्रस्तुतीकरण गर्नुभएको थियोे ।
कार्यक्रममा विषय वस्तु माथि अधिवक्ता नवीन कुमार श्रेष्ठ र सुपर परियोजना सम्बन्धमा बिनोद श्रेष्ठले प्रकाश पार्नु भएको थियोे । जयपृथ्वी नगरपालीकाले सबै पालिका देखी सबै वडा स्तरमा संयन्त्रहरु व्यबस्था तथा निर्माण गठन र परीचालन गरीने, विपद् पुर्बतयारी तथा प्रतिकाार्य योजना, लैङगिक हिसा निबारण कोषका्े स्थापना तथा परीचालन लगाएतका कार्य अगाढि बढाइएको नगर विपद व्यवस्थापन समितीबाट रामचन्द्र धामीले बताउनुभयो ।
साथै विपदमा परेका व्यत्ति, समुदाय तथा सार्वजनिक संरचनाको पुनः निर्माणका लागी बेजेटको व्यवस्था संगै विपद न्युनिकरण तथा व्यवस्थापनका लागी निति नियम, विपद प्रभावित व्यक्तिको तथ्याकं संकलन तथा सिपारिस गरिने, समुदायमा आपतकालिन दु्रत प्रतिकार्य टोली गठन र क्षमता विकास गर्ने योजना रहेको नगर विपद व्यवस्थापन समितीका धामीले बताउनुभयो । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद बहादुर चनले जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिती रहेको र जिल्लामा स्थानीय विपद् व्यवस्थापन समिती र जिल्ला विपद् व्यवस्थापन समिती सक्रिय भइ काम गरीरहेको बताउनुभयो ।
जिल्लामा विपद पर्दा उद्धारमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस, जिल्ला समन्वय समिती, स्थानीय तह र विपद् व्यवस्थापनमा सहयोग गर्ने सरकारी तथा गैरसरकारी कार्याललयहरु संग नियमीत रुपमा समन्वय तथा सम्पर्क गरि विपद् सम्बन्धी कार्य गर्ने गरीरहेको चन्दले बताउनुभयो । अझै पनि बिकट जिल्ला भएकाले भौतिक पूर्वाधार एवं स्रोत साधनको अभाव, अन्धविश्वास लगाएतका अन्य कारणले काम गर्न केहि चुनौती र समस्या रहेको पनि सहभागीहरुले बताएका छन् । सुपर परियोजना हाल जयपृथ्वी नगरपालिकाको ९/१० मा लागू भएको छ ।


154 पटक हेरिएको 









