बझाङ : केदारस्युँ गाउँपालीकामा गाउँपालीका स्तरिय बाल अधिकार समितीको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार केदारस्युँ गाउँपालीकाको आयोजना र प्रगतिशिल युवा समाजको सहयोगमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकारले बालबालिकाहरुको हक अधिकार ।आफैले निणर्य लिन सक्ने कसरी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरीएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालीका उपाध्यक्ष तथा बाल अधिकार समिती संयोजक मनिशा धामीले अझै पनि समाजमा बाल हिंसा र बालविवाह कायमै रहेको बताउँदै यसको न्युनिकरण र रोकथामको लागी विभीन्न ठाउँमा जनचेतना फैलाउनु पर्नेमा जोड दिनुभएको छ । अझै पनि बालबालिकाको अधिकारका मुद्धाहरु दिनहुँ ओझेलमा परीरहेकाले यस्ता बालबालिकाका संरक्षण का लागी आफु कहिल्यै पछि नहट्ने र कठिवद्ध भएर लागी पर्ने उहाँले बताउनु भयो ।
बाल अधिकारको सम्मान, बालमैत्रि शासन, समानता, समावेशी शिक्षा सहितको सक्षम बालबालिका : सुनिश्चित गाउँपालीका भन्ने नारालाई कार्यान्वय गरि सफलता तिर पुगाउने र यसमा आफुले पनि सघाउनुका साथै सहजिकरण र समन्वयको लागी केहि कमि कमजोरी नरहने केदारस्युँ गाउँपालीका प्रमुख प्रशासकिय अधिकृत पदमराज उपाध्यायले बताउनु भयो ।
बाल अधिकारको सम्मान, बालमैत्रि शासन, समानता, समावेशी शिक्षा सहितको सक्षम बालबालिका : सुनिश्चित गाउँपालीका भन्ने नारालाई गाउँपालीका सम्पुर्ण वडा कार्यालय र अन्य संघ संस्थाले पनि समन्वय गर्दै प्रचारप्रसार गर्ने बाल अधिकार समितीको बैठकबाट निर्णय गरिएको छ ।
केदारस्युँ गाउँपालीका उपाध्यक्ष तथा बाल समिती संयोजक मनिशा धामीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालीका भरिका वडाअध्यक्षहरु, कार्यपालीका सदस्य, विषयगत शाखामा कार्यरत कर्मचारीहरु, बालअधिकार समितीका पदाधिकारीहरु, बाल संजाल प्रतिनिधी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन पत्रकार सुनिल मण्डेलले गर्नुभएको थियो । बाल अधिकार सम्बन्धि रहेका ऐन कानुनको बारेमा प्रगतिशिल युवा समाजका बिनोद थापाले जानकारी गर्नु भएको थियो ।


697 पटक हेरिएको 











