केशव महरा बझाङ : साइपाल गाउँपालिकामा अस्पताल निर्माणका लागि हेलिकप्टर प्रयोग गरिएको छ । अस्पताल निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाग्री ढुवानीका लागि हेलिकप्टर प्रयोग गरिएको हो ।
साइपाल गाउँपालिका ३ को लासीमा निर्माण भईरहेको १० शैयाको अस्पतालको निर्माणको लागि आवश्यक पर्ने निर्माण सामाग्री (सरिया, मसला बनाउन प्रयोग गरिने मेसिन) ढुवानी गर्न सिम्रिक एयरको १ वटा हेलिकप्टर प्रयोग गरिएको हो । करिब २१ करोड लगानीमा निर्माण हुन लागेको अस्पतालमा आधा रकम गाउँपालिकाले तिर्ने छ भने आधा रकम संघिय सरकारले तिर्ने साइपाल गाउँपालिका अध्यक्ष मान बहादुर बोहराले बताए ।
जिल्लाको विकट ठाउँ सडक सञ्जालले छुन नसकेको साइपालमा हेलिकप्टर प्रयोग गरेर अस्पताल निर्माणको सामाग्री ढुवानी गरिन लागिएको हो । साइपालमा पुल तथा अन्य भौतिक संरचना निर्माणका सामाग्रीहरु पनि हेलिकप्टरबाट नै ढुवानी गर्ने गरिएको छ । अस्पताल निर्माण गर्न सिम्रिक एयरले २८ ट्रिप निर्माण सामान ढुवानी गरेको छ । अस्पतालको गाउँपालिका अध्यक्ष बोहराले भदौ महिनामा शिलान्यास गर्नुभएको थियो ।


181 पटक हेरिएको 











