मंसिर २७ गते समीर कठायत बझाङः बझाङको छबिस पाथिभेरा गाउपालिका वडा न.१÷२ को मसानघाटको धारमा रहेको नेपाल टेलिकमको टावरले आजबाट २४ सै घण्टा सेवा दिने भएको छ । विगतमा दिउसो घाम लागेको बेला मात्र टावर आउने गरेको थियो भने अहिले बिद्युत जोडेपछि आजबाट २४ सै घण्टा सेवा दिन लागेको हो। बर्षौ देखी नेटवर्कको समस्यामा बस्न बाध्य भएका छबिसपाथिभेरा गाउपालिका दुई का स्थानीय अहिले २४ सै घण्टा नेटवर्क आउने भएपछि खुशी भएका छन। छबिसपाथिभेरा गाउपालिका वडा न.२ का वडा अध्यक्ष पविन्द्र बहादुर मण्डेल तथा नेपाल टेलिकम बझाङको पहलद्वारा नेपाल टेलिकमको टावरमा बिद्युत पुगेको हो । यस्तै भोलिबाट ४ जि सेवा पनि सञ्चालन हुने नेपाल टेलिकम ले जनाएको छ । स्थानीयले वडा अध्यक्ष र नेपाल टेलिकमको टोलिलाई धन्यवाद दिएका छन। यस्तै टावर को घेरबारमा समेत बत्ति जडान गरिएको पनि बताइएको र कसैले नजिक नजान र नछोइदिन आग्रह समेत गरिएको छ।


1346 पटक हेरिएको 







