साईपाल गाउँपालिकाले मनोमानी गरेको भन्दै नेपाली कांग्रेस साईपाल द्धारा ज्ञापन पत्र बुझाईयो

  खप्तड समाचारदाता  480 पटक हेरिएको

बझाङ । साईपाल गाउँपालिकाले मनोमानी गरेको भन्दै नेपाली कांग्रेस साईपाल गाउँ कार्य समितीद्धारा ज्ञापन पत्रद्धारा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ । गाउँपालिकाले निती नियमको उल्लघंन गरि कार्य गरिरहेको भन्दै गाउँपालिकामा बिभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
बिज्ञप्तीमा साईपाल गाउँपालिकाको वडा नम्बर १ ,२,४ र ५ मा खाद्यान्नको अभाब भएकाले छिटो गरिनु पर्ने , कर्मचारी भर्ना प्रक्रिया कानुन अनुसार गर्नुपर्ने , जनतालाई छिटो सेवा सुबिधा सहज रुपमा उपलब्धी गराउनु पर्ने उल्लेख गरिएको छ । त्यस्तै गाउँपालिका र वडा कार्यालयमा नियमित मासिक बैठक बसाउनु पर्ने , सकिने सेवा सुबिधा वडा कार्यालयबाट दिनु पर्ने , सदरमुकाम चैनपुरमा रहेको सम्र्पक कार्यलय आबस्यक मात्रामा मात्र भाडामा लिनु पर्ने समेत उल्लेख गरिएको छ । त्यस्तै वडा नम्बर ४को राम खोलाको झोलुङे पुल छिटो छरितो गरिनु पर्ने र गाउँपालिकामा डोजर खरिद प्रकृया र सडक निर्माणको प्रकृया छिटो छरितो गरिनु पर्ने उल्लेख छ ।
गाउँपालिकामा बिशेष अनुदानका योजनाहरुको सम्झौता नगरेकोमा समेत स्थानीयबासीहरुले आक्रोस पोखेका छन् । साईपाल गाउँपालिका–४ धुलीमा संचालन हुने धुली खानेपानी योजना र काकारकोट खानेपानी योजनाका उपभोक्ता समिती गठन गरि सदमुकाम चैनपुर आएको एक साता बिति सक्दा पनि गाउँपालिकाले सम्झौता गर्न अनाकानी गरेको स्थानीयको आरोप छ । साईपाल गाउँपालिका – ३ का स्थाीय देबेन्द्र बोहराले भन्नुभयो, गाउँपालिकाले उपभोक्ता समिती गठन गर्नु भन्ने सुचना दिए पछि वडा को रोहबरमा उपभोक्ता समिती गठन गरि सदरमुकाम चैनपुरमा रहेको सम्र्पक कार्यालयमा सम्झौताका लागी आएको एक हप्ता बिति सकेको भएपनि गाउँपालिकाले सम्झौता गर्न अनाकानी गरेको आर।ोप लगाउनुभयो । उहाँले हामीलाई कि त यो कागजात पुगेन भन्नु पर्यो कित सरासर सम्झौता गरिदिनु बताउनुभयो । उहाँले समान्य नागरिकलाई पुर्वाग्रह राखेर अनाबस्यक दुख दिएको समेत बताउनुभयो । यता गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राधाकृष्ण जोशीले मन्त्रालयको परिपत्र अनुसार उपभोक्ता समितीबाट गर्न नमिल्ने भएकाले सम्झौता रोकिएको बताउभयो । उहाँले गाउँपालिका अध्यक्ष उपाध्यक्ष काठमाण्डौंबाट आए पछि सबै पक्षलाई बसालेर सहमतीको बातावरण तयार गरिने समेत बताउनुभयो । नेपाली कांग्रेस साईपाल गाउँपालिका सभापती रामबहादुर बोहराले नियम बिपरित गरेका काम नसच्याए थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार