बझाङको जयपृथ्वी नगरपालिकाका सबै वडामा आजदेखि राष्ट्रिय परिचयपत्र बनाउन पञ्जीकरण विभागले घुम्ती शिबिर संचालन

  समिर कठायत  131 पटक हेरिएको

समिर कठायत मंसिर २६ गते बझाङ, बझाङको जयपृथ्वी नगरपालिकाका सबै वडामा राष्ट्रिय परिचयपत्र बनाउन पञ्जीकरण विभागले घुम्ती शिबिर संचालन गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलि हिजो ९आइतबार० बझाङ आइपुगेको छ। आज पहिलो दिन जयपृथ्वी नगरपाकिकाका प्रत्येक वडा बाट सेवा दिने भएको छ। जिल्लाको भौगोलिक कठिनाइले गर्दा सदरमुकाम चैनपुर आउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बझाङका ९४ वटा वडामा पन्जिकरण बिभागको टोलिले घुम्ती शिबिर मार्फत गर्न छ। बहुउपयोगी भनिएको परिचयपत्र प्रयोगमा आएपछि नागरिकता, मतदाता परिचयजस्ता परिचयपत्र आवश्यक नहुने भएकाले सरकारी र अन्य सार्वजनिक सेवाप्रदायक निकायको सेवा–सुविधा लिन कुनै झन्झट नहुने पञ्जीकरण विभागका अधिकारी बताउँछन् । साथै घरमै आएको सेवाबाट फाइदा लिन सम्पुर्ण नगरबासीलाई अनुरोध समेत गरेको छ। परिचयपत्र लिने सेवाग्राहीका लागि १० वटै औँलाको छाप र व्यक्तिगत विवरणसहित विभिन्न १६ प्रकारका सूचना समेटिने पञ्जीकरण विभागले जनाएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार