विद्यालयको नयाँ अवधारणा दुर्गामहालिङ माबिमा एक दिने प्र. मा.करुणा खत्री

  केशब महरा  634 पटक हेरिएको

केशब महरा , बझाङ्ग । बझाङको खप्तड छान्न्ना गाउँपालिकाको दुर्गा महालिङ्ग माध्यमिक विद्यालय चौका छान्ना बझाङमा शुक्रबारमा गरिने अतिरिक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई नमुना प्र।अ बनाइ विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयले बिद्यार्थिको नेतृत्व बिकासका नयाँ अवधारणा ल्याएर सोहि विद्यालयमा अध्यारत छात्रा करुणा कुमारी खत्रीलाई छनौट गरि उनको निर्देशनमा विद्यालयको सरसफाई र् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार एक दिनको लागि उनको नेतृत्वमा विद्यालयले आयोजना गरेका विभिन्न कार्यक्रम सञ्चालन गरि सम्पन्न गरिएको विद्यालयले जनाएको छ । उनकै निर्देशनमा अतिरिक्त क्रियाकलाप, विद्यालय सरसफाइ लगायतका कार्यक्रम् सञ्चालन गरिएको प्रधानाध्यापक उमेश रोकायाले बताउनुभयो । उहाँले बिद्यार्थीको नेतृत्व बिकास गर्ने उदेश्यले बिद्यार्थीहरूबाटै १ दिने प्रधानाध्यापकको अवधारणालाई अघि सारेको समेत बताउनुभयो । करुणाले प्रधानाध्यापकको भुमिका निभाएर सफल पुर्वक आफ्नो जिम्मेवारी निभाए पछि उनको शिक्षक तथा विद्यार्थीहरुले उच्च प्रसङसा गरेका छन । विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा पहिचान गराउने लक्ष्यका साथ विद्यालयका प्रधानाध्यापक उमेश रोकायाले ल्याएको अवधारणा प्रभावकारी रहेको विद्यालयका शिक्षक लिलाधर ओझाले जानकारी दिनुभयो । ‘ यस्ता कार्यक्रम बाट विद्यार्थीहरुमा अनुशासित उत्तरदायित्व बनाउन सहयोग मिल्ने उहाको भनाई छ ‘विद्यार्थीमा जिम्मेवारी वहन गर्ने नेतृत्व सिप बढ्ने विश्वास विद्यालयले गरेको छ।’ यस्तो रचनात्मक काम तथा अवधारणाले हरेक तहमा नेतृत्व बिकास हुने बिश्वास गरिएको छ । साथैे कार्यक्रमलाई हरेक शुक्रबारिय कार्यक्रममा नियमित गरिने समेत विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार