बझाङ ः जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नं.२ कि सिपा देवि कठायत खर काट्ने क्रममा चिप्लेर लड्दा गम्भीर घाइते भएकि छिन् । आइतबार (आज) दिउँसो २ बजे तिर खर काट्ने क्रममा भिरबाट लडेर अन्दाजी ३२ वर्षीया सिपा देवि कठायत गम्भीर घाइते भएकी हुन । घाइते महिला उपचारको लागि जिल्ला अस्पताल सिम्खेत ल्याइएको उनका आफन्तले बताए । गाउँ नजिकैको सामुदायिक मेलामा खर काट्ने क्रममा चिप्लेर लड्दा घाइतेको घाटीमा गम्भीर चोट लागेको जिल्ला अस्पताल बझाङले जनाएको छ।


199 पटक हेरिएको 









