बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर २७ वर्षीया महिला गम्भीर घाइते ,

  समिर कठायत  1609 पटक हेरिएको

बझाङ । सुर्मा गाउँपालिका ५ कि मालती बोहरा घाँस काट्ने क्रममा चिप्लेर लड्दा गम्भीर घाइते भएकि छिन् । आइतबार (आज) बिहान घाँस काट्ने क्रममा भिरबाट लडेर २७ वर्षीया मालति बोहरा गम्भीर घाइते भएकी हुन । घाइते महिलाको जिल्ला अस्पताल बझाङमा उपचार सम्भब नभएपछि धनगढी रिफर गरिएको उनका आफन्तले बताए । गाउँ नजिकैको पातिलेक भन्ने जङ्गलमा घाँस काट्ने क्रममा चिप्लेर लड्दा घाइतेको टाउकोमा गम्भीर चोट लागेको जिल्ला अस्पताल बझाङले जनाएको छ।
आर्थिक अबस्था निकै कमजोर भएकाले घाइतेको उपचारका लागि सहयोग गरिदिन उनका श्रिमान् धर्बिन्द्र बोहराले अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार