बझाङ, बझाङको तलकोट गाउँपालिकामा जिप दुर्घटना भएको छ । बिहिवार आज बिहान सदरमुकाम चैनपुर बाट तलकोट गाउँपालिका जाने क्रममा से १ ज ९०९ नम्बरको जिप रातापानी बाबै पातल भन्ने ठाउँमा दुर्घटनामा परेको हो । जिपमा ७ जना सवार रहेको र १ जना सामान्य घाइते भएको जनाएको छ । मानवीय क्षति भने नभएको मेल बिसौना प्रहरी चौकीले जनाएको छ । जिप सडकबाट करिब ३ मिटर तल खसेर सडकको छेउमा अड्किएको छ । घाइतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल सिमखेत ल्याइएको बताईएको छ ।


196 पटक हेरिएको 









