बझाङबाट प्रतिनिधि सभा तर्फ भानुभक्त जोशी बिजयी, प्रदेशसभा ( क) मा सिंह विजयी, (ख) मा माओवादिका भण्डारी निर्वाचित

ऐन महरलाई पछि पार्दै ९ सय ९८ मतान्ततरले जोशी बिजयी भएका छन्

  केशब महरा  723 पटक हेरिएको

केशब महरा बझाङ ः बझाङमा प्रतिनिधि सभा सदस्यमा बाम– लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार (नेकपा एकीकृत समाजवादी) बाट उम्मेदवार दिएका भानुभक्त जोशी बिजयी भएका छ्न। प्रतिनिधि सभाको १ मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा एकृकित समाजबादी का भानुभक्त जोशी बिजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरलाई पछि पार्दै ९ सय ९८ मतान्ततरले जोशी बिजयी भएका छन् । कुल खसेको मत ६३ हजार ४ सय ८९ मत मध्ये २८ हजार १ सय ४३ मत प्राप्त गर्दै जोशी निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार ऐन महरले २७ हजार १ सय ४५ मत प्राप्त गरे । बझाङमा प्रतिनिधि सभा सदस्यका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । हिजो सार्बजनिक भएको २०७९ को निर्वाचनमा प्रतिनिधि सभामा भानुभक्त जोशी विजयी भएका हुन ।

यस्तै बझाङको प्रदेशसभा ( क) निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वी बहादुर सिह विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका सिंह नेकपा एमाले का उम्मेदवार अफिलाल ओखेडालाई पराजित गर्दै उहाँ बिजयी भएका छन् । नेपाली कांग्रेस बझाङका पुर्ब सभापति समेत रहेका सिंह २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा नेकपा एमालेका भैरब बहादुर सिह संग पराजय हुनु भएको थियो । सिहले नेकपा एमालेका अफिलाल ओखेडा लाई तिन हजार ६ सय ७९ मतले पछि पारेका हुन ।

उहाँले १६ हजार ६ सय ७७ मत ल्याउदा एमाले उम्मेदवार अफिलाल ओखेडाले १२ हजार ९ सय ९८ मत पाएका छन् । २०७० सालमा संविधान सभा सदस्य बनेका ओखेडा यो पटकको निर्वाचनमा प्रदेश सभामा नेपाली काङ्ग्रेसका सिंह संग फराकिलो मतान्तरले पराजित भएका छन् । यस्तै प्रदेश सभा( ख ) मा कम्युनिष्ट पार्टी माओवादिका उम्मेदवार भिम भण्डारी निर्वाचित भएको मुख्य निर्वाचन कार्यलय बझाङले जानकारी दिएको छ। बझाङको प्रदेशसभा (क) मा कुल ३० हजार ८ सय ५४ मत खरेको थियो । भने १ हजार १५ मत बदर भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार