बझाङ।मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना सुरु भएको छ । जिल्ला अदालत बझाङको नवनिर्मित भवन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो ।
साईपाल गाउँपालिका वडा ३,४ र ५ को मतपेटिका ढुवानी गर्न ढिलो भएपनि मंगलबार दिउसो ४ बजेबाट मतगणना सुरु गरिएको छ । जिल्ला अदालत बझाङको नवनिर्मित भवनको दोस्रो तलाका बिभिन्न आठ वटा ठाउँहरुबाट मतगणना भईरहेको मुख्य निर्वाचन अधिकृत नन्द किशोर यादवले बताउनुभयो । उहाँले चार वटा ठाउँहरुबाट प्रतिनिधी सभा सदस्यको मतगणना र दुई ठाउँबाट प्रदेश सभा सदस्यको मत गणना भई रहेको समेत बताउनुभयो । मतगणना स्थलमा तार जाली सहित सुरक्षाको बन्दोबस्ती गरेको छ । अहिले साईपाल गाउँपालिकाको वडा नम्बर १ बाट सुरु गरेको छ । भने प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ को साईपाल गाउँपालिका र क्षेत्र नम्बर २को बित्थड चिर गाउँपालिका वडा नम्बर १ बाट सुरु भएको हो ।
एक लाख २२ हजार ३ सय ७६ मतदाता रहेको बझाङ जिल्लामा जम्मा ६३ हजार ४ सय ८९ मत खसेको थियो । बझाङ जिल्लामा प्रतिनिधी सभा सदस्यका लागी सात जना उम्मेद्वार छन भने प्रदेश सभा १ मा ४ जना उम्मेद्वार र प्रदेश सभा क्षेत्र २ मा ५ जना उम्मेद्वा्र रहेका थिए । यि मध्य खासगरी गठबन्दन र नेकपा एमाले विच बझाडमा प्रतिस्प्रधा रहेको छ ।


198 पटक हेरिएको 









