केशव महरा कार्तिक ६ गते बझाङ, बझाङमा आज दिउँसो ३ बजेबाट मतगणना सुरु हुने भएको छ। जिल्लाको भौगोलिक विकटता रहेको साइपालको गाउँपालिकाको मतपेटिका ल्याउन ढिलो भएपछि आज बाट मतगणना सुरु हुन लागेको हो । साइपाल गाउँपालिकाको मतपेटिका हलिकप्टरबाट हिजो नै ढुवानी गर्ने भनिए पनि हिजो हलिकप्टर नआएका कारण आज बिहान सुर्खेतबाट हलिकप्टर मगाएर ढुवानी गरिएको मुख्य निर्वाचन अधिकृत नन्दकिशोर यादवले जानकारी दिनुभयो ।
यस्तै उहाँका अनुसार दिउँसो ३ बजे पछि पहिलो चरणमा साइपाल गाउँपालिका र बित्थडचिर गाउँपालिकाको मतगणना हुने भएको छ । यस्तै तलकोट गाउँपालिका, बुङल नगरपालिका, मस्टा गाउँपालिका र केदारस्युँ गाउँपालिका तथा खप्तड छान्ना गाउँपलिका र छबिस पाथिभेरा गाउँपालिकाको मतगणना हुने छ । त्यस्तै दुर्गाथली गाउँपालिका,सुर्मा गाउँपालिका, थलारा गाउँंपालिका र जयपृथ्वी नगरपालिकाको मतगणना हुने आज बसेको सर्वदलीय बैठकले निर्णय गरेको छ ।
मतगणना जिल्ला अदालत बझाङको नवनिर्मित भवनका बिभिन्न सात वटा कोठाहरुमा गरिने अधिकृत यादवले जानकारि दिनुभयो । यस्तै मतगणना हुने स्थलमा तार जाली सहित सुरक्षा व्यवस्था कडा पारिएको समेत बताइएको छ । बझाङमा जम्मा एक लाख २२ हजार ३ सय ७६ मतदाता रहेकोमा जिल्लामा जम्मा ६३ हजार ४ सय ८९ मत खसेको छ । बझाङ जिल्लामा प्रतिनिधी सभा सदस्यका लागी सात जना उम्मेद्वार प्रतिस्पर्धामा रहेका छन् । भने प्रदेश सभा १ मा ४ जना उम्मेद्वार छन । यस्तै प्रदेश सभा क्षेत्र २ मा ५ जना उम्मेद्वार रहेका छन् । बझाङमा निकै प्रतिस्पर्धा हुने देखिएको छ ।


224 पटक हेरिएको 









