विकट साइपाल गाउँपालिकाको मतपेटिका हलिकप्टरबाट सदरमुकाम ल्याइयो,सर्वदलिय बैंठक पछि मतगणना हुने

  केशब महरा  839 पटक हेरिएको

केशव महरा कार्तिक ६ गते बझाङ ः बझाङको विकट गाउँपालिका साइपाल गाउँपालिकाको मतपेटिका हलिकप्टरबाट आज बिहान सदरमुकाम चैनपुर ल्याइएको छ । साइपाल गाउँपालिका ३,४ र ५ को मतपेटिका सदरमुकाम ल्याइएको हो । पैदल ल्याउन सम्भब नभए पछि हलिकप्टरको माग गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकों छ ।

यस्तै साईपाल गाउपालिका वडा नम्बर १ र २ को मतपेटिका भने हिजो नै पैदल बाट सदरमुकाम चैनपुर ल्याइएको छ । हिजो नै ढुवानी गर्ने भनिए पनि हिजो हलिकप्टर नआएका कारण आज बिहान मात्रै सुर्खेतबाट हलिकप्टर आएको र मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत नन्दकिशोर यादबले जानकारी दिनुभयो । उहाँका अनुसार आज सबै मतपेटिका ढुवानी गरेर सर्वदलिय बैठक बसि सम्भवत आजै दिउँसोबाट मतगणना गरिने उहाँले जानकारी दिनुभयो ।

एक लाख २२ हजार ३ सय ७६ मतदाता रहेको बझाङ जिल्लामा जम्मा ६३ हजार ४ सय ८९ मत खसेको छ । बझाङ जिल्लामा प्रतिनिधी सभा सदस्यका लागी सात जना उम्मेद्वार रहेका छन् । भने प्रदेश सभा १ मा ४ जना उम्मेद्वार छन । यस्तै प्रदेश सभा क्षेत्र २ मा ५ जना उम्मेद्वार रहेका छन् । जिल्ला भरि ५२ प्रतिशत मात्रै मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्ला अदालत बझाङको नवनिर्मित भवनका बिभिन्न सात वटा कोठाहरुमा मतगणना हुने छ । मतगणना हुने स्थलमा तार जाली लगाएर तयारी पुरा गरिएको मुख्य निर्वाचन अधिकृत नन्दकिशोर यादबले जानकारि दिनुभयो । उहाका अनुसार पहिलो चरणमा प्रतिनिधी सभा सदस्यको मत गणना गरि नतिजा घोषणा गरे पछि प्रदेश सभा सदस्यको मत गणना हुने बताउनु भएको छ । प्रदेश सभा सदस्यको मतगणना गर्दा सुरुमा प्रदेश सभा क्षेत्र १ को मतगणना गरिने र त्यस लगत्तै क्षेत्र नम्बर २ को मतगणना गरिने कार्य तालिका रहेको मुख्य निर्वाचन अधिकृत यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार