केशव महरा कार्तिक ६ गते बझाङ ; बझाङमा मतगणना मंगलबार (आज) बाट सुरू हुने भएको छ । जिल्लाको विकट साईपाल गाउपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका ल्याउनका लागी आज बिहान सुर्खेत बाट हलिकप्टर मगाएको र मतपेटिका पुगेपछि आज सर्वदलिय बैठक बसि मतगणनाको कार्य सुभारम्भ गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
साईपाल गाउपालिका वडा नम्बर १ र २ को मतपेटिका भने हिजोे पैदल बाट बेलुका सदरमुकाम चैनपुर ल्याइएको छ । हिजो हेलिकप्टर बाट मतपेटिका ढुवानि गर्ने भनिए पनि हेलिकप्टर नआएका कारण समस्या भएको हो । जिल्ला भरि ५२ प्रतिशत मात्रै मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्ला अदालत बझाङको नवनिर्मित भवनका बिभिन्न सात वटा कोठाहरुमा मतगणना हुने छ ।
मतगणना हुने स्थलमा तार जाली लगाएर तयारी पुरा गरिएको छ । मुख्य निर्वाचन अधिकृत नन्दकिशोर यादबका अनुसार पहिलो चरणमा प्रतिनिधी सभा सदस्यको मत गणना गरि नतिजा घोषणा गरे पछि प्रदेश सभा सदस्यको मत गणना हुने बताउनु भएको छ । प्रदेश सभा सदस्यको मतगणना गर्दा सुरुमा प्रदेश सभा क्षेत्र १ को मतगणना गरिने र त्यस लगत्तै क्षेत्र नम्बर २ को मतगणना गरिने कार्य तालिका रहेको मुख्य निर्वाचन अधिकृत यादवले जानकारी दिनुभयो । एक लाख २२ हजार ३ सय ७६ मतदाता रहेको बझाङ जिल्लामा जम्मा ६३ हजार ४ सय ८९ मत खसेको छ । बझाङ जिल्लामा प्रतिनिधी सभा सदस्यका लागी सात जना उम्मेद्वार रहेका छन् । भने प्रदेश सभा १ मा ४ जना उम्मेद्वार र प्रदेश सभा क्षेत्र २ मा ५ जनाउम्मेद्वार रहेका छन् ।


175 पटक हेरिएको 









