बझाङमा भोलि दिउँसोबाट देखि मतगणना हुने, दुर्गम साईपाल गाउँपालिकाबाट हेलकप्टरबाट मतपेटिका ओसार्दै

सात ठाउँबाट मतगणना हुदै

  केशब महरा  201 पटक हेरिएको

बझाङ, मङ्सिर ५ गतेःबझाङमा मतगणना मंगलबार देखि सुरू हुने भएको छ । जिल्लाको विकट साईपाल गाउपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका पुगेपछि मतगणनाको कार्य सुभारम्भ हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साईपाल गाउपालिका वडा नम्बर १ र २ को मतपेटिका भने पैदल बाट सोमबार बेलुका सदरमुकाम चैनपुरमा पुगि सकेको छ । आज हेलिकप्टर बाट मतपेटिका ढुवानि गर्ने भनिए पनि हेलिकप्टर नआएका कारण समस्या भएको हो । हेलिकप्टर मंगलबार विहान आउने जानकारि प्राप्त भएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारि दिनुभयो । जिल्ला भरि ५२ प्रतिसत मात्रै मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत बझाङको नवनिर्मित भवनका बिभिन्न सात वटा कोठाहरुमा मतगणना स्थलको  तार जाली लगाएर तयारी गरेको हो । मुख्य निर्वाचन अधिकृत नन्दकिशोर यादबका अनुसार पहिलो चरणमा प्रतिनिधी सभा सदस्यको मत गणना गरि नतिजा घोषणा गरे पछि प्रदेश सभा सदस्यको मत गणना हुने भएको छ । प्रदेश सभा सदस्यको मतगणना गर्दा सुरुमा प्रदेश सभा क्षेत्र १ को मतगणना गरिने र त्यस लगत्तै क्षेत्र नम्बर २ को मतगणना गरिने कार्य तालिका रहेको मुख्य निर्वाचन अधिकृत यादवले जानकारी दिनुभयो ।  उहाँका अनुसार भोलि सर्वदलिय बैठ्क बसि भोलि दिउँसोबाट मतगणना गरिने मुख्य निर्वाचन अधिकृत यादबले जानकारि दिनुभयो । एक लाख २२ हजार ३ सय ७६ मतदाता रहेको बझाङ जिल्लामा जम्मा ६३ हजार ४ सय ८९ मत खसेको छ । बझाङ जिल्लामा प्रतिनिधी सभा सदस्यका लागी सात जना उम्मेद्वार रहेका छन् । भने प्रदेश सभा १ मा ४ जना उम्मेद्वार र प्रदेश सभा क्षेत्र २ मा ५ जनाउम्मेद्वा्र रहेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार