बझाङ । मुख्य निर्वाचन अधिकृतको कार्यलय बझाङले मतगणनाका लागी सात वटा स्थल तयारी गरिरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत बझाङको नवनिर्मित भवनका बिभिन्न सात वटा कोठाहरुमा मतगणना स्थलको तयारी गरि तार जाली सहित सुरक्षाको बन्दोबस्ती गरेको हो ।
मुख्य निर्वाचन अधिकृत नन्द किशोर यादबका अनुसार पहिलो चरणमा प्रतिनिधी सभा सदस्यको मत गणना गरि नतिजा घोषणा गरे पछि प्रदेश सभा सदस्यको मत गणना हुने भएको छ । प्रदेश सभा सदस्यको मतगणना गर्दा सुरुमा प्रदेश सभा क्षेत्र १ को मतगणना गरिने र त्यस सकिए पछि क्षेत्र नम्बर २को मगतगणना गरिने कार्य तालिका रहेको मुख्य निर्वाचन अधिकृत यादवले जानकारी दिनुभयो ।
साईपाल गाउँपालिका बाहेक सबै मतदान केन्द्रका मतपेटिकाहरु आई सकेको हुँदा दिउँसो २ वजे साईपाल गाउँपालिकाको धुली , काडा, न्युना बलौडी गरि तिन वटा मतदान केन्द्रका १२ वटा मत पेटिकाहरु हेलिकप्टर मार्फत ढुवानी गर्ने तयारी गरेको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार बेलुका ४ बजे सर्बदलिय बैठक बोलाएर साँझबाट मतगणना गरिने समेत बताउनुभयो । साईपाल गाउँपालिकाको धलौन मतकेन्द्रका मतपेटिकाहरु आजै बिहान हिडि सकेको हुदाँ साझ सम्म आईपुग्ने भएका छन् । एक लाख २२ हजार ३ सय ७६ मतदाता रहेको बझाङ जिल्लामा जम्मा ६३ हजार ४ सय ८९ मत खसेको थियो । बझाङ जिल्लामा प्रतिनिधी सभा सदस्यका लागी सात जना उम्मेद्वार छन भने प्रदेश सभा १ मा ४ जना उम्मेद्वार र प्रदेश सभा क्षेत्र २ मा ५ जना उम्मेद्वा्र रहेका थिए । यि मध्य खासगरी गठबन्दन र नेकपा एमाले विच बझाडमा प्रतिस्प्रधा रहेको छ ।


305 पटक हेरिएको 









